दाङमा जुवाको खालबाट नौ जना पक्राउ

दाङ, कार्तिक ४ ।

जुवाको खालबाट दाङमा नौ जना पक्राउ परेका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडानम्वर ६ राजापुरमा जुवाको खालबाट नौ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

राजापुरस्थित मधुसुदन न्यौपानेको घरमा अवैध रुपमा जुवा तास खेलिरहेको भन्ने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिआएको टोलीले ३५ हजार १ सय १५ रुपैयासहित नौ जनालाई पक्राउ गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार
तुलसीपुर उपमहानगरपालीका वडा नम्वर ६ का घरधनी वर्ष २६ का मधुसुदन नयौपाने, सोही ठाउँका वर्ष २६ का वीरबहादुर रिजाल, वर्ष ३६ का भिमबहादुर थापा, वर्ष ६३ का दामोदर भुसाल, वर्ष २४ का आकास केसी, वर्ष २७ का सन्तोष नेपाली, वर्ष २२ का प्रकाश न्यौपाने, वर्ष २६ का सविन केसी, वर्ष ३१ का जगत रिजाल पक्राउ पर्नुभएको छ ।

प्रकाशित मिति : २०७४ कार्तिक ४ गते शनिवार
प्रतिक्रिया