राप्ती राजमार्गको निर्माण कार्य तिब्र

तुलसीपुर, ३ कात्तिक / निर्माण व्यवसायीले राप्तीराजमार्ग अन्र्गत अमिलिया तुलसीपुर सल्यान जिर्ण सडक मर्मतको कामलाई तिव्रता दिएको बताएको छ । निर्माण व्यवसायिको लाप्रवाहीका कारण दाङको तुलसीपुर सल्यान सडक दुइ बर्ष सम्म मर्मत नभएको समाचार विभिन्न संचारमाध्यममा प्रकाशीत भएपछि निर्माण व्यवसायीले कामलाई तिव्रता दिएको हो ।  पूर्ण एण्ड जुद्ध निर्माण जेभिले तुलसीपुर सल्यान सडको राम्री र त्यसको आसपासमा जिर्ण सडकलाई मर्मत गरी कालोपत्रे गरिरहेको व्यवसायी पुर्ण भण्डारीले जानकारी दिनुभयो ।

पहिलो चरणको काम अन्र्गत अमिलियाका विभिन्न स्थानमा ढुङ्गाको वाल र ग्याविनको काम सकिएको छ भने तुलसीपुर सल्यान सडक अन्तर्गत अरिङ्गाले फेदिदेखि लुहाम सम्म १६ हजार स्क्वायर मिटर उम्केको ठाउँमा कालो पत्रे गरेको निर्माण कम्पनीले बताएको छ । त्यस्तै साँगुरो घुम्तिलाई कटिङ गरेर चौडा गर्ने काम पनि सम्पन्न गरेको कम्पनिका प्रोप्राईटर पुर्णबहादुर भण्डारीले दाबी गर्नुभयो । त्यसैगरी कपुरकोट बजार नजिकै दवेको ठाउँमा छ सय घनमिटर ग्याविन (जाली) लगाउने काम भइरहेको भण्डारीले बताउनुभयो ।
२०७२ असाढ मसान्त सम्म निर्माण कार्य सक्ने गरि असाढ २०७१ असाढमामा २ करोड ३४ लाख र २०७३ असाढ मसान्त सम्म अर्को निर्माण कार्य सक्ने गरि २०७२ बैशाखमा ९० लाख रुपैयाँमा पूर्ण एण्ड जुद्ध निर्माण जेभिले अमिलिया देखि सल्यानको शितलपाटी सम्म जिर्ण सडक मर्मत गर्न सम्झौता गरेको थियो ।
राज्यको नीतिका कारण ढुङ्गा, गिट्टी र बालुवा, सहज रुपमा निकासीमा नहुँदा केहि ढिलाई भएको भन्दै निर्माण व्यवसायी भण्डारीले मंसीर महिना भित्र सबै काम पुरा गर्ने बताउनुभयो ।
यता राप्तीराजमार्ग हेर्ने इन्जिनियर धनराज गौतमले पछिल्लो समय आशातित रुपमा काम भइरहेको बताउनुभएको छ । धेरै दबाब पछि काम सुचारु भएको बताउदै उहाँले काममा ढिलाई गरेमा जुनसुकै समयमा सम्झौता तोड्न सकिने चेतावनी दिनुभयो ।

 

प्रकाशित मिति : २०७४ कार्तिक ३ गते शुक्रवार
प्रतिक्रिया