सवारी दुर्घटनामा २१ जनाले ज्यान गुमाए

लक्ष्मण विश्वकर्मा,तुलसीपुर २ कार्तिक ।
दाङमा चालु आर्थिक बर्षको सुरुको तीन महीनामा भएका सवारी दुर्घटनामा परी २१ जनाको ज्यान गएको छ । ट्राफिक कार्यालय दाङका अनुसार गएको साउनदेखी असोज महिनासम्म ३५ वटा दुर्घटना भएका छन् भने ती दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । असोज महिनामा सवैभन्दा वढि १२ वटा दुर्घटना भएका थिए भने १० जनाले ज्यान गुमाएका छन् । उक्त दुर्घटनामा ४ जना घाईते भएका छन् ।
ट्राफिक प्रहरीका अनुसार साउन महिनामा भएका ११ वटा दुर्घटनामापरी ६ जनाले ज्यान गुमाएका छन् भने १० जना घाईते भएका छन् । ज्यान गुमाउनेहरुमा बबई गाउपालिका वडा नं. ३ का ८ वर्षिया बालिका प्रतिक्षा विक, प्युठान नगरपालिका वडा नं. ४ प्युठानका २७ वर्षिय सुनिल गैरे, सोहि नगरपालिका वडा नं. ५ का २० वर्षिय कविराज भण्डारी, तुलसीपुर १३ का ३२ वर्षिया जानकी चौधरी, तुलसीपुर ११ का ३ वर्षिया बालक सिसिर केसी र अर्को नाम नखुलेका अन्दाजी ३८ वर्षिया पुरुष रहेका छन् ।

त्यस्तैगरी भदौ महिनामा दुर्घटना हुनेको संख्या १२ रहेको छ भने ५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै भदौमा भएको सवारी दुर्घटनामा १२ जना घाईते भएका छन् । कैलाली जिल्लाको श्रीगाउ ३ का ३९ बर्षिय श्रबण चौधरी, लमही नगरपालिका वडा नं. ८ का ७४ वर्षिया कुंवरसिंह भण्डारी, तुलसीपुर १९ का ५० वर्षिय सुद्र बहादुर चौधरी,६२ वर्षिय मनिराम यादव, तुलसीपुर ७ का ६० वर्षिय गोेरे गिरीको दुर्घटनामापरी ज्यान गएको जिल्ला ट्राफिक प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिनुभएको छ ।

असोजमा महिनामा भएको दुर्घटनामा परि ज्यान गुमाउनेमा गढवा गाउपालिका वडा नं. ६ का ६ वर्षिया लक्ष्मी सार्की, घोराही ११ का ८१ व्र्षिया नरमाया रेग्मी, वडा नं. ७ का ३० वर्षिया बाबुराम चौधरी, तुलसीपुर ६ का २५ वर्षिया ससी आचार्य, गढवा गाउपालिका वडा नं. १ का १३ वर्षिय बालक विश्वास अधिकारी, भारत घर भई हाल लमही नगरपालिका वडा नं. ८ मा डेरा गरी वस्ने ७ वर्षिया वालिका कृष्णा कुमारी अयर, घोराही ९ का ४० वर्षिय चुर्ण बहादुर वली, वडा नं. १८ का २२ वर्षिय अनुप घर्तिमगर, लमही ५ की ७० वर्षिया सरस्वता महतरा र अर्का एक जना अन्दाजी ३५ वर्षिय पुरुषको नाम नखुलेको कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २०७४ कार्तिक २ गते बिहिवार
प्रतिक्रिया