अबाञ्छित कृयाकलाप रोक्न सल्यान प्रहरी सक्रिय

तुलसीपुर, १ कात्तिक
चाडपर्वमा हुने विभिन्न खाले अबाञ्छित कृयाकलाप रोक्न जिल्ला प्रहरी कार्यालय सल्यानले सुरक्षा अवस्थालाई कडाइ गरेको छ । चाडपर्वमा खेलिने जुवातास र जाँड रक्सी सेवनले समाजमा अशान्ति पैदा गर्ने निकर्षमा पुगेको प्रहरीले नियन्त्रण अभियानलाई तिव्रता दिएको हो । दिउसो दुई बजे देखि राती आठ बजे सम्म मात्र मदिरा विक्रीवतरण गर्न पाइने जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरिक्षक भरतबहादुर विकले जानकारी दिनुभयो ।

‘जुवातास र जाँड रक्सीले सामान्य कुरामा विवाद हुँदा ठूलो रुप लिएर जनधनको क्षेति हुनसक्छ, यसतर्फ प्रहरी सजग छ,’ प्रनाउ विकले भन्नुभयो, जिल्लाका चार स्थानमा चेकजाँच र प्रहरी परिचालन गरेका छौ ।’ प्रहरीले सल्ली, थारमारे, कपुरकोट, श्रीनगरमा चेकजाँच गर्ने गरेको छ । चार स्थानलाई केन्द्र विन्दुमा राखेर सुरक्षा अवस्थालाई कडा बनाएको प्रहरीले संकास्पद व्यक्ति र सवारी साधनलाई जुनसुकै बेला पनि चेकजाँच र नियन्त्रणमा लिन सकिने बताएको छ ।

बजार क्षेत्रमा राति आठ बजेपछि मदिरा जन्य होेटेलहरु खोल्न पाइने छैन् । प्रहरीले जाँड रक्सी खाएर होहल्ला गर्ने, पटका, आतसबाजी पड्काएर समाजमा अशान्ति मच्चाउनेलाई पक्राउ गरि कडा कार्वाही गर्ने समेत चेतावनी दिएको छ । यस्तै प्रहरीले चाडपर्वको समयमा यात्रुको बढि भिडभभाड हुने भएकाले सुरक्षाका लागि बस छुट्ने आउने स्थानहरुमा सहयाता कक्ष स्थापना गरेर नागरिकलाई सेवा दिदै आएको प्रनाउ विकले जानकारी दिनुभयो । यसैविच प्रहरीले समाजमा अवाञ्छित कृयाकलाप हुनलागेको वा संकास्पद व्यक्ति देखिएमा तत्काल खबर गर्न जिल्ला प्रहरीले सवैमा आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २०७४ कार्तिक १ गते बुधवार
प्रतिक्रिया