मेयर पाण्डेले एक सय दिनमा के-के काम गरे ?

तुलसीपुर,३० असोज ।
तुलसीपुर उपमहानगरपालिकाकामा जनप्रतिनिधिहरु आएको एक सय दिन पुरा भएको छ । सोहि अवसरमा नगर प्रमुख घनश्याम पाण्डेले समृद्धि तुलसीपुर निर्माणका सुनौला १०० दिनमा गरीएका कामको सार्वजनिक गर्नु भएको छ । कार्यालयमा आज आयोजना गरीएको पत्रकार सम्मेलनमा उहाले गत असार १४ गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनबाट निर्वाचित भई २५ गते तुलसीपुरलाई उज्यालो भविस्य कोर्ने लक्ष्यका साथ प्रवेस गरेको १०० दिनमा पुरा भएको बताउनु भएको छ ।

विविध जटिलताहरुको विचमा पनि १०० दिनमा तुलसीपुर क्षेत्रको समग्र विकासमा अपेक्षा गरे अनुसार सफलता प्राप्त गरेको प्रमुख पाण्डेले बताउनु भयो । असार २५ गतेदेखी हाल सम्म विकास,समुन्नती र समृद्धिको यात्रामा सहयोग गर्ने सवैमा धन्यवाद दिदै प्रमुख पाण्डेले १ सय दिनमा गरीएका कामको सार्वजनिक गर्नुभएको थियो ।

जस अन्र्तगत सय दिनमा साउन १ गते देखी सुत्केरी भत्ता वढाएर रु पाँच हजार भत्ता वितरण, तुलसीपुरमा ब्लड बैंक सन्चालन, कार्यविधि निर्माण, प्रशासनिक व्यवस्थापन, सरसफाई अभियानको नेतृत्व, वाढि र पहिरो प्रभावितलाई राहत वितरण ,आधुनिक बसपार्क निर्माणको अवरोध समाधान, चिन भ्रमण, कृषि उद्यममा जोड, पुर्वाधार अध्ययन, बालवालिका पुनस्थापना,बजारको व्यवस्थापन, स्मार्ट छनोट, बिमानस्थल सुचारुको प्रयास, बन्द सडकबाटो सुचारु, हरेक वडामा एम्वुलेन्स,दाङलाई प्रादेशिक राजधानी बनाउन आबश्यक पहल,समन्वय र सहकार्य, एकीकृत बृहत शहरी विकास योजना, शिक्षा सुधारका नयाँ प्रयास, नेपाल नगरपालिका संघमा प्रतिनिधित्व लगाएतका महान कार्य गरीएको प्रमुख पाण्डेले बताउनु भएको छ ।

अहिले सम्म गरेका कामहरु सवै विवाद रहित र जनताले गौरव गर्न लायक भएको उहाले दावी गर्नु भएको छ ।।

प्रकाशित मिति : २०७४ असोज ३० गते सोमवार
प्रतिक्रिया