गणेशपुर पार्कमा आज सास्कृतिक कार्यक्रम हुदै

 

तुलसीपुर,३० असोज ।

राप्ती शान्ति उद्यान तुलसीपुर ७ गणेशपुरको प्रचार प्रसार तथा स्थायिन पर्यटन प्रवद्धनका लागी आज सास्कृतिक कार्यक्रम हुने भएको छ ।स्थानिय तथा केन्द्रिय स्तरमा पार्कको प्रचार प्रसार गर्ने उदेश्यले आयोजना गर्न लागिएको सास्कृतिक कार्यक्रममा केन्द्रिय तथा स्थानिय कलाकारहरुले बिभिन्न गित तथा नृत्य प्रस्तुत गर्ने आयोजक संस्था राप्ति शान्ति उद्यानले जानकारी दिएको छ ।

कार्यक्रमका लागी प्रचार प्रसार , स्टेज निमार्ण , सरसफाई लगाएतका सवै कार्य सम्पन्न भएको छ । आज बिहान ११ बजे देखि शुरु हुने सास्कृति कार्यक्रममा चर्चित गायिका कोमल वलि , जनगायक जिवन शर्मा , लोक गायक कृष्ण रेउले , प्रेम बिवस घर्ति , बिन्दु परियार ,तृप्ति खडका लगाएत स्थानिय गाएक तथा नृत्यकारहरुले आफनो प्रस्तुतिहरु राख्ने सांस्कृतिक संयोजक दिपक कुमालले जानकारी दिए ।

यसैविच आयोजकले आज बिहान ११ बजे देखि हुने सांस्कृतिक कार्यक्रममा सहभागि हुन सवैमा आग्रह गरेको छ । सास्कृतिक कार्यक्रम हुने स्थल राप्ति शान्ति उद्यान प्रवेशका लागी आयोजकले ३० रुपैयाको टिकटको ब्यवस्था गरेको छ ।

 

प्रकाशित मिति : २०७४ असोज ३० गते सोमवार
प्रतिक्रिया