वकालतका लागी तालिम

तुलसीपुर,३० असोज ।
दलित महिला संघ जिल्ला शाखा दाङको आयोजनामा वकालतका लागी कार्ययोजना निर्माण सम्वन्धि दुई दिने तालिम आज देखी तुलसीपुर वडा नं. १ मा सुरु भएको छ । एकिकृत कार्यगत सन्जालका सहसंयोजक जिवलाल न्यौपानेको अध्यक्षता तथा वडा नं. १ वडा अध्यक्ष लक्ष्मण भण्डारीको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरीएको थियो ।

सो अवसरमा दलित महिला सदस्य गौरी नेपाली ,वडा नं. २ की सदस्य कमला थापा लगाएतले वोल्नु भएको थियो । सस्थाका कार्यक्रम संयोजक पोसन सेन्चुरीको स्वागत मन्तव्यबाट सुरु कार्यक्रमको सहजीकरण संस्थाका सामाजिक परिचालक जानकी विश्वकर्माले गर्नु भएको थियो । आज सम्म सन्चालन हुने तालिममा विभिन्न स्थानका गरी २७ जनाको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७४ असोज ३० गते सोमवार
प्रतिक्रिया