मब क्याम्पसको सहायक प्रमुखमा रिजाल

 

दाङ, २९ असोज ।

जनसंख्या अध्ययन बिषयका उप प्राध्यापक सुदर्शन रिजाल महेन्द्र बहुमुखी क्याम्पस दाङको सहायक क्याम्पस प्रमुखमा नियुक्त हुनुभएको छ । त्रिभुबन बिश्व बिद्यालय शिक्षाध्यक्षको कार्यालयले रिजाललाई सहायक क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । रिजाललाई आज आईतबार क्याम्पस प्रमुख सह प्राध्यापक बिमल सुबेदीले पदभार ग्रहण गराउनुभएको छ ।

नबनियुक्त रिजाललाई क्याम्पस प्रमुख सुबेदी, सहायक क्याम्पस प्रमुख सुधीर पोख्रेल, नेपाल प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई सभापति प्रेम शाह, प्राध्यापक संघका सल्लाहकार नारायण अधिकारी, प्रजातन्त्रबादी प्राध्यापक संघका केन्द्रिय सदस्य राजेन्द्र रेग्मी, ईकाई अध्यक्ष प्रकाश श्रेष्ठ लगायतले अभिर टिका लगाई पदभार ग्रहण गराउनुभएको हो ।

पदभार ग्रहण कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख सुबेदीले क्याम्पसमा रिक्त सहायक क्याम्पस प्रमुखको पुर्णताले क्याम्पसले गति दिने भन्दै टिम स्प्रीटका साथ काम हुने बिश्वास व्यक्त गर्नुभयो ।

यसैगरी नबनियुक्त क्याम्पस प्रमुख रिजालले आफ्नो कार्यकालमा क्याम्पसको गरिमा बढाउन भरपुर प्रयास गर्ने प्रतिबद्वता व्यक्त गर्दै यो जिम्मेबारी प्रदान गर्ने क्याम्पस प्रसासन तथा त्रिभुबन बिश्व बिद्यालय प्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण उप प्रसाशक अनन्त पुनले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ असोज २९ गते आइतवार
प्रतिक्रिया