नेपाल नगरपालिका संघमा मेयर पाण्डे

तुलसीपुर, असार २८ ।

नेपाल नगरपालिका संघको केन्द्रीय सदस्यमा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे मनोनित भएका छन् । नेपाल भरिका मेयर र उपमेयरहरुको भेलाले अधिवेशन आयोजना गर्नका लागि तदर्थ समिति गठन गरेको हो । धुलीखेल नगरपालिकाका मेयर अशोक व्यान्जुको संयोजकत्वमा गठन गरिएको २० सदस्यीत तदर्थ समितिले तत्काल अधिवेशनको आयोजना गर्ने पनि केन्द्रीय सदस्य पाण्डेले वताउनु भयो ।

संविधानमा व्यवस्था भए अनुसार संघको गठन गरिएको पनि पाण्डेले वताउनु भयो । नगरपालिकाहरुका विचमा समन्वय कायम गर्नुका साथै जनप्रतिनिधिहरुका विचमा सहकार्य वढाउनका लागि संघको गठन गरिएको हो ।

प्रकाशित मिति : २०७४ असोज २८ गते शनिवार
प्रतिक्रिया