सहकारीलाई ब्यवस्थीत गर्छौ : उपप्रमुख आचार्य

बसन्त परियार,तुलसीपुर २८ असोज ।
तुलसीपुर उपमहानगरपालीकाका उप प्रमुख माया आचार्यले आर्थिक समृद्धिको लागी सहकारीको महत्वपुर्ण भुमिका रहने बताउनुभएको छ । तुलसीपुर ११ जसपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको नवौँ साधरण सभाको उद्घाटन गर्दै उहाले यस्तो बताउनुभएको हो । उहाले सहकारी सँग जोडिन सके आर्थिक रुपमा बलियो बन्न सकिने बताउनुभएको थियो ।

साथै तुलसीपुर क्षेत्रका सहकारीहरुलाई ब्यवस्थीत गर्न उपमहानगरले बजेट छुट्याएको उहाले बताउनुभएको थियो । साधरण ससभामा विशिष्ठ अतिथि जिल्ला बचत सँघका सचिब रुप बहादुर खत्रिले राज्यले सहकारीमाथि लगाउने गरेको करमा केहि सुधार आएको बताउनुभएको थियो । अहिलेको बचत भोलीको सहारा भएकाले सहकारी मार्फत अफ्नो भविष्य सुखि बनाउनुपर्ने उहाले बताउनुभएको थियो ।

सँस्थाका अध्यक्ष वलदेव आचार्यको अध्यक्षतामा भएको सभामा असल बचत कर्ताको रुपमा पुतली कुमारी पुन,असल ऋणिको तर्फबाट चित्र बहादुर बस्नेत, सँस्थाप्रति योगदान गरेको भन्दै टेक बहादुर केसी र राज कुमार गौतमलाई सम्मान गरीएको थियो ।

सभामा सचिब हरी प्रसाद वलीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष हेम बहादुर वलीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सदस्य वलदेव रजौरेको स्वागत मन्तव्यबाट सुरु भएको सभामा पुर्व अध्यक्ष टेक बहादुर केसी,द्रोण बहादुर वस्नेत,राजकुमार गौतम,सानाकिसान सहकारी सँस्थाका अध्यक्ष कान्त प्रसाद वली,जागेश्वर भण्डारी ,पत्रकार देविराम कुसारी लगायतले बोल्नुभएको थियो ।

सभाको सहजिकरण सचिब हरी प्रसाद वलीले गर्नुभएको थियो । सँस्थामा अहिले २ सय १६ जना शेयर सदस्यहरु रहेका छन ।

प्रकाशित मिति : २०७४ असोज २८ गते शनिवार
प्रतिक्रिया