दाइको हत्या गर्ने भाइ, १७ बर्ष पछि पक्राउ

असोज २७, २०७४  |  ७४७ पटक पढिएको

तुलसीपुर,२७ असोज ।
जिल्ला प्रहरी कार्यालय सल्यानले कर्तव्य ज्यानको आरोपमा फरार एक व्यक्तिलाई १७ बर्ष पछि पक्राउ गरेको छ ।पक्राउ पर्नेमा तत्कालीन स्यानीखाल गाविस ९ घर भई हाल तुलसीपुर उप महानगरपालिका १ छोटे निवासी बिजुले भन्ने बिजय गोसाई रहेको प्रहरीले जनाएको छ ।
आफनो सहोदर दाई हेरम गोसाईको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक भरत बहादुर विकले जानकारी दिनुभयो । २०५७ कात्तिक १४ गते सामन्य विवाद हुँदा हसीयाँ प्रहार गरि गम्भिर घाइते भएका दाइको केहि समय पछि उपचारका क्रममा मृत्यु भएको थियो । दाङ प्रहरीको सहयोगमा सल्यान प्रहरीले बिहिबार आरोपीलाई पक्राउ गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस