आजको सानो बचत नै भोलीको जीउने आधार

असोज २७, २०७४  |  ६९ पटक पढिएको

सन्तोष वली,तुलसीपुर असोज २७ ।
तुलसीपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र के सीले मुलुकको अर्थतन्त्र बचाइ राख्न सहकारीको भुमीका अपरीहार्य हुने बताउनु भएको छ । सृजना महीला बचत तथा ऋण सहकारी संस्था तुलसीपुर उपमहानगरपालिका १० को १२ औ साधारण सभालाइ सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।  केसीले आजको सानो बचत नै भोलीको जीउने आधार हुने भएको हुदा सम्पुर्ण बचत कर्ता लाइ बचत गर्न आग्रह गर्नु भएको थीयो ।

सृजना महीला वचत तथा ऋण सहकारीका अध्यक्ष सुलोचना के सीको अध्यक्षता एव कार्यकारी अधिकृत टोपेन्द्र के सी प्रमुख आथीत्यमा भएको साधारण सभामा डीभीजन सहकारी दाङका प्रमुख बीनोद कुमार पौडेल , महीला तथा बालबालीका कार्यालय प्रमुख बीस्वमणी जोसी, जील्ला सहकारी संघ दाङका उपाध्यक्ष शेसुराम भण्डारी, तुलसीपुर उध्योग बाणीज्य संघका महासचीब रुप बहादुर खत्री , राष्ट्रीय सहकारी बैङक दाङका प्रमुख नारायण प्रसाद बेल्बासे , रेडीयो पाठसाला का सह स्टेसन मेनजर सन्तोष वली , सीद्धीस्वरी सहकारीका सुस्मा साह लगाएतकाले सुभकामना ब्यक्त गर्नु भएको थीयो ।

कार्यक्रमा बार्षीक प्रतीबेदन सचीव नीमा के सी र आर्थीक प्रतीबेदन कोषाध्यक्ष रमा आचार्यले प्रस्तुत गर्नु भएको थीयो । कार्यक्रममा उत्कृष्ट बचत कर्ता सुसीला न्यौपाने जोगर्नी भण्डारी , प्रेम कुमारी लामीछाने लगाएतका लाइ लाइ पुरुस्कार बीतरण गरीएको थीयो । सस्थाकी उपाध्यक्ष बसन्ता आचार्यको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष रमा आचार्यले गर्नु भएको थीयो ।

प्रतिक्रिया दिनुहोस