६२ओैं प्रहरी दिवस सल्यानमा यसरी मनाईयो

असोज २७, २०७४  |  २३१ पटक पढिएको

मिना बुढाथोकी ,सल्यान २७ सल्यान ।
६२ ओैं प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यलय सल्यानले विविध कार्यक्रम हरु संचालन गर्दै आई रहेको छ । दिवसको अवसर पारेर आज शुक्रवार देशका लागी योगदान पुर्याएर शहीद भएका अमर प्रहरीको सम्झनामा जिल्ला स्थित प्रहरी कार्यालयको प्रांगणमा रहेको अमर प्रहरी स्मारकमा शहीद प्रहरीको सम्झना स्वरुप माल्यार्पण गरिएको छ ।

प्रहरी नाएब उपरिक्षक भरत बहादुर विकको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी परमानन्द घिमेरेको प्रमुख आतिथ्यता,भगवती प्रसाद गुल्मका गुल्मपति विदुर अधिकारीको विशिष्ट आतिथ्यतामा अमर प्रहरी हरुको सम्झनामा एक औपचारिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्लाका २ जना अमर प्रहरीका परिवार लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यस्तै कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रमुख जिल्ला अधिकारी परमानन्द घिमेरेले देशको लागी विभिन्न समयमा प्राण आहुती दिने अमर प्रहरी प्रति शद्धान्जली अर्पण गर्नु भयो । साथै देशको शान्ती सुरक्षा कायम गर्ने क्रममा घाईते बनेका प्रहरी प्रति उहाहरुको सीघ्र स्वास्थ्य लाभको कामना गर्नु भयो । कार्यक्रममा प्रहरी नाएब उपरिक्षक भरत बहादुर विकले अमर प्रहरी प्रति शद्धान्जली व्यक्त गर्नुहुदै पुव्र प्रहरीको योगदानको स्मरण गर्दै प्रशंसा गर्नु भएको थियो । उहाले प्रहरी संगठनलाई यहांसम्म पुर्याउन अमर प्रहरीले ज्यानको परवाहनै नगरि खेलेको भुमिकाको चर्चा गर्दै पुर्व प्रहरीहरुको भुमिका पनि सराहनीय रहेको बताउनु भयो ।

यस्तै प्रहरी नाएब उपरिक्षक विकले प्रहरीले भर्खरै संघीय ढांचामा प्रवेश गरेकोले आउदा दिनमा शान्ती ,सुरक्षा र सेवा प्रदान गर्न हरपल जनताका साथमा रहने बताउनु भयो । उहाले यसकार्यमा सबैको साथ र सहगोगको अपेक्षा प्रहरीले गरेको बताउनु भयो । कार्यक्रममा प्रहरी निरिक्षक धर्म बहादुर केसीले प्रहरी महानिरिक्षक प्रकाश अर्यालले प्रेशित गरेको शुभकामना वक्तव्य वाचन गरेर सुनाउनु भएको थियो भने सहभागी हरुलाई स्वागत मन्तव्य सहित स्वागत गर्नु भएको थियो । अमर प्रहरीको सम्झनामा आयोजित कार्यक्रममा जिल्ला अदालतका श्रेस्तेदार ,सरकारी वकिल,शहीद परिवारका आफन्त,पुर्व प्रहरी कर्मचारी ,पत्रकार लगायतको सहभागिता रहेको थियो ।

यसैबिच दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय सल्यानले बिहिबार जिल्ला अस्पताल सल्यान परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नाएब उपरिक्षक भरत बहादुर बहादुर विकको अगुवाईमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो । अस्पताल परिसरमा रहेको औषधिजन्य फोहोर र परिसर वरपर छरिएर रहेको फोहोरलाई ब्यबस्थापन गरिएको ईन्सपेक्टर धर्म केसीले बताउनु भयो ।

उहाँले भन्नु भयो अस्पताल संबेदनशिल ठाँउ हो, अस्पतालमा बिरामीहरुको चाप बढी हुने गर्दछ, यहाँ फोहोर पनि बढी हुने गर्दछ, त्यसैले प्रहरी दिवशको अबशरमा सरससफाई गरेका हौँ । संकलित फोहोरलाई डम्पिङ साईडमा लगेर राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस