नगरबासीको पिडा : मोबाइल छ टावर छैन

असोज २७, २०७४  |  १९९ पटक पढिएको

ओपेन्द्र बस्नेत,तुलसीपुर २७ असोज ।
तुलसीपुर उप महानगरपालिका १९ डोलीगाउँ निवासी बेलाकुमारी बुढाथोकी साढे नौ बजे राती घर नजिकै रहेको डाँडो दौडिदै पुगिन । मोबाइल हेर्दै हिन्दै गर्दा मोबाइटमा बल्लतल्ल तीन वटा धर्का(टावर) आयो र फोन गरिन । कारण थियो बुहारीलाई सुत्केरी बेथाले च्यापे पछि एम्बुलसेनस बोलाएर अस्पताल पु¥याउनु । ‘बुहारी पिडाले छट्पटाई रहेकी थिइ, छिमेकीले छिट्टो अस्पताल लैजाउ भनेपछि एम्बुलेनस बोलाएर अस्पताल लगेर बचाँए,’ उनले भनिन । यो त उदाहरण मात्र हो । बुढाथोकी जस्तै हजारौं सेवाग्राहीको हातमा मोबाइल भए पनि सहज रुपमा सेवा उपयोग गर्न पाइरहेका छैनन् ।

यस्ता दर्जनौ गाउँ वस्ती छन उपमहानगरपालिकामा । जहाँ तपाईले कसैलाई फोन सम्पर्क गर्न खोज्नुहोस तर फोन लाग्दैन यदि त्यहाका वासीन्दाले तपाईलाई फोन गर्न खोजे भने त्यो सम्भव हुन्छ । तर डाँडाकाडाँ जानुपर्छ । त्यस्तो ठाउँ हो तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ को सग्राम, भित्रेखोला, छिल्लीकोट, बगालेपानी, स्यालापानी, कुटिचौर, सिरचौर, सुगुरखोला, डोलीगाउ, चुचुर्के, पैयाटाकुरा, पत्थरपुर, खरखरे, कुईरेताल, बासगडी, रनियापुर वस्ती ।

त्यहा अहिले सम्म कुनै सन्चारको सुविधा नहुदा त्यस क्षेत्रका वासीन्दा सन्चारविहिन जस्तै बनेका छन् । उक्त वडाका एक दर्जन वढि गाउँका करिव तिन हजार भन्दा वढि जनसंख्यामा रहेको उक्त वस्तीमा सन्चार सुविधा पुग्न सकेको छैन । त्यहाका वासीन्दाहरु अहिले सन्चार सुविधाबाट वञ्चित भएका छन् । कुनै पनि टेलिफोन, नमस्ते, स्काई र एनसी.एल नेटवर्कले टावर दिदैन । त्यस क्षेत्रका प्रत्येक घरमा मोवाएल फोन भएपनि नेटवर्क दिदैन । उनीहरुले आफन्ती वा अन्य कसैलाई फोन सम्पर्क गर्नका लागी मोवाएल लिएर नेटवर्क दिने अग्लो डाँडाँ अर्थात पहाडमा जानुपर्ने बाध्यता रहेको छ ।

साविक विजौरी वडा नं. २, ८ र ९ हाल तुलसीपुर वडा नं. १९ का उक्त वस्तीका वासीन्दाहरुले विगत देखी यस्तै समस्या भोग्दै आइरहेको वडा नं. १९ का वडा सदस्य केसर बहादुर पुनले बताए । नेपालमा सञ्चारको विकास तिव्र गतिमा भएपनि आफुहरु भने अझै पनि सञ्चारको पहुंच वाहिर रहेको उनको भनाई छ । ‘तुलसीपुर उप महानगरका स्थानीय भएर पनि हामी सञ्चार विहिन छौ, यहाँ मात्रै होला कि अन्य ठाउँ पनि यस्तै होलान ?’ सदस्य पुनले प्रश्न गरे । ‘कुनै मानिस धेरै विरामी भएमा नेटवर्क दिने अग्लो डाँडाँमा गएर फोन सम्पर्क गर्नु पर्छ,’ वडा सदस्य पुनले भने ’ हामी नगरवासीहऔै जस्तो पनि लाग्दैन ।’

यता वडा नंं ४ को हालत पनि यस्तै छ । दिनभरी एनसीएलले काम गरे पनि विहान र साँझ काम नगर्ने तुलसीपुर उप महानगरपालिका ४ का वडा अध्यक्ष वालकृष्ण रानाले जानकारी दिए । ‘एनटीसीको नेटवर्कले काम गर्दैन एनसीएलले घाम लाग्दा दिनमा काम गर्छ विहान र साँझ भने टावर खोज्दै डाँडामा जानुपर्छ ’ अध्यक्ष रानाले भने । उनका अनुसार चार नम्बर वडा र आसापासमा करिब ७ हजार जनसंख्या सञ्ंचारको पहँुचबाट बञ्ति भएका छन् ।

वडाका खाद्रे, वनहरी, बायखोला, हलवार, गहतेरा, घोरानेटी लगाएका गाउँमा सञ्चारको पहुँच पुग्न नसक्दा त्यहाँका स्थानीयहरु समस्यामा छन् । सञ्चारको पहुँच पु¥यान राजनीतिक दलका नेता देखि सम्बन्धित निकायमा पहल गर्दा कुनै सूनुवाई नभएको स्थानीयले बताएका छन् ।

समस्या छिटै हल हुन्छ : टेलिकम
यता नेपाल टेलिकम क्षेत्रिय निर्देशनालय नेपालगञ्जले दाङमा विटीएस टावर राख्ने क्रम जारी रहेकाले समस्या छिटै हल हुने बताएको छ । तुलसीपुर क्षेत्रमा ११ वटा विटीएस टावर राख्नका लागि टेण्डर आब्हान भएकाले छिटै काम सुरु हुने निर्देशनालयका उप प्रवन्धक अनन्त मल्लिकले जानकारी दिए । टावर राख्नका लागि सर्भे गरेर ठाउँको छनौट भइसकेको बताउदै उप प्रवन्धक मल्लिकले अवको तीन महिनामा काम सुचारु हुने बताए ।

निर्देशनालयले मजगै, जीतपुर, सिस्वानी, रावतगाउँ, धनौरी, हेकुली, खाद्रे, सैघा, धानखोला र राजपुरमा विटीएस राख्ने तायरी गरेको छ । केहि समय अघि दाङको घोराही, अम्वेकेश्वरी, सेवारखोला, गोग्ली, सौडियार लगाएत १९ ठाउँमा विटीएस टावर सुचारु गरिए पनि भरतपुर , पुन्धारा र अमिलियामा भने संचालनको तयारीमार हेको निर्देशनालयले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस