एनसेलका सिम बेच्ने प्रहरी खोरमा !

असोज २६, २०७४  |  ७३४ पटक पढिएको

तुलसीपुर, २६ असोज
अबैध रुपमा एनसेलका सिमहरु विक्रिवितरण गरेको आरोपमा जिल्ला प्रहरी कार्याय दाङले २ जनालाई पक्राउ गरेको छ । विभिन्न व्यक्तिहरुको नागरिकता दुरुपयोग गरि एनसेलका सिमहरु विक्रिवितरण गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले तुलसीपुर र घोराहीबाट दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले तुलसीपुर उप महानगरपालिका ६ निबासी २७ बर्षका बब्लुराज गुरुलाई २ सय ५० थान फोटो, विभिन्न व्यक्तिको ५० थान नागरिकता, सिमकाड निकाल्न प्रयोग गरिएका फारम २ सय ४७ थान, र ९ वटा सिम बरामद गरेको छ ।
त्यसैगरी घोराही उप महानगरपालिका १० सौंरीकुरालाबाट २९ बर्षका नवराज शर्मालाई पक्राउ गरेको छ । जय गुरुदेव कस्मेटिक पसलबाट १० थान एनसेल सिम समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । पक्राउ परेका दुवैजनालाई प्रहरीले दुरसञ्चार ऐन सम्बन्धि मुद्दा चलाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस