अन्धोपनबाट बचाउनु राज्यको दायित्व : डा. पन्त

ओपेन्द्र बस्नेत ,तुलसीपुर २६ असोज ।
नेपाल नेत्रज्योति संघको १५ औं बार्षिक साधारणसभा तथा दृष्टि दिवश बिहिबार राप्तीआँखा अस्पताल रक्षाचौरमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल नेत्रज्योति संघका केन्द्रिय उपाध्यक्ष डाक्टर चेतराज पन्तले नागरिकलाई अन्धोपन हुनबाट बचाउनु राज्यको दायित्व भएको बताउनुभएको छ । जनचेतनाको कमिका कारण अन्धोपन बढेको बताउदै उहाँले सरकारले बार्षिक रुपमा विशेष बजेटको व्यवस्था गरेर जनचेतनामूलक कार्यक्रमहरु ल्याउनु पर्ने बताउनुभयो ।

गैरसरकारी स.सथा र दातृ निकायको भरमा आँखा अस्पताल चलेका छन् भनेर राज्य पन्छिन नपाउने भन्दै प्याकेजकै रुपमा योजना तयार पार्नु पर्ने बताउनुभयो । २०२० सम्म कोहीपनि मानिस उपचारको अभावमा दृष्टिविहिन हुननपरोस भन्ने मूलनारालाई सफल बनाउन सेवाहरुलाई प्रभाकारी बनाउने बताउनुभयो । ‘संस्था एक्लैले चाहेर केहि पनि हुदै अन्धोपन निवारणका लागि सबैको सहयोग आवश्यक छ ’, ‘उपाध्यक्ष पन्तले भन्नुभयो’ विशेष ख्या राज्यले पनि गर्नु पर्छ ।

त्यसैगरी कार्यक्रमका अन्य बक्ताहरुले राप्ती आँखा अस्पताल राप्तीको गहना भएको भन्दै यसको संरक्षण र सेवासुविधा विस्तारमा सवैले हातेमालो गरेर अघि बढ्नु पर्ने बताएका थिए । सो अवसरमा नेपाल रेडक्रस सोसाइटी दाङका सभापति तथा दाता नारायण आचार्य, नेत्रज्योति संघका संस्थापक अध्यपक्ष घनश्याम डाँगी, तुलसीपुर उद्योगाबाणीज्य संघका उद्योग उपाध्यक्ष ललितजंग शाह, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वली लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा सचिव सचिव सुरेन्द्र खड्काले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष श्याम प्रकाश आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारणसभा नेपाल नेत्रज्योति संघका सभापति कृष्णकुमार गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

प्रकाशित मिति : २०७४ असोज २६ गते बिहिवार
प्रतिक्रिया