बारी जोत्दै गर्दा करेन्ट लागेर एक महिलाको मृत्यु

मिना बुढाथोकी ,सल्यान २६ असोज ।
करेन्ट लागेर सल्यानमा एक जनाको घटना स्थलमा नै मृत्यू भएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ६ खातीगाँउमा बिहीबार बिहान बाँझो बारी जोत्दै गर्दा करेन्ट लागेर ज्ञान बहादुर वली कि ५० बर्षिय श्रीमती मंगली कुमारी वलीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । करेन्ट लागेर श्रीमान घाईते भएका छन् । यस्तै जोत्दै गरेको एउटा गोरु समेत मरेको प्रहरीले जनाएको छ ।

‘ज्ञान बहादुर वली गोरु लिएर बर्षेबाली रोपेको बाँझो बारी जोत्न बिहान बारीमा जानु भए छ, बारीको बिचमा बिजुलीको फलामको पोल गाडिएको रहिछ, बारी अलि ओसिलो रहिछ, जोत्दै जाँदा उहाँलाई करेन्टको झट्का लागेर बारीको डिलमा फाले छ,’– प्रहरी स्रोत भन्यो ।
श्रीमानलाई करेन्टको झट्का लागेको देखेर श्रीमानलाई के भयो भनेर श्रीमान कहाँ जान लागे कि उनकी श्रीमती मंगलीलाई करेन्ट लागेर बारीमा नै टाँसिएर मृत्यू भयो ।

बिजुलीको फलामको पोलमा राखिएको डि आईरन ईन्सुलेटर बाट तार चुडिएर पोलमा जोडिएको त्यो जमिन चिसो भए पछि पोल बाट करेन्ट बगेर जमिनमा छोएका कारण करेन्ट लागेको प्रहरी स्रोतको अनुमान छ । मृतकका श्रीमानले चप्पल लगाएका कारण बाँच्न सफल भएको तर श्रीमती खाली खुट्टामा नै भएकाले केरन्ट लागेर मृत्यू भएको प्रहरीले जनाएको छ । घाईते ज्ञानको बहादुर अहिले जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : २०७४ असोज २६ गते बिहिवार
प्रतिक्रिया