“गज्जब छ बा” को २६औ भाग सार्बजनिक

असोज २६, २०७४  |  ४४८ पटक पढिएको

 

शंकर भुषाल,तुलसीपुर २६ असोज ।
धुर्मुस सुन्तली युट्युव च्यानलबाट प्रशारण हुदै आएको हाँस्य टेलिश्रृखंला गज्जब छ बाको नयाँ एपिसोड सार्बजनिक भएको छ । २१ मिनेट लामो यस सिरियलमा मेरिबास्सैका कलाकारहरु र अन्य नयाँ तथा पुराना कलाकारहरुको समेत अभिनय रहेको छ । घनश्याम पोख्रेलको छांयाकन रहेको उक्त श्रृखंलालाई रबिन भट्टले सम्पादन गरेका हुन् भने लेखान्त भुसाल र कुमार न्यौपाने कथा लेखेका हुन् ।

सिरियलमा रामचन्द्र अधिकारी, लेखान्त भुसाल, कुमार न्यौपाने, ईन्द्रजीत चौलागाँई, गीता थापा, आयुष लामा, कृष्ण प्रसाद जोशी, कृष्ण अधिकारी, सारिका चौलागाँई, श्याम बिलाश लामिछाने, बेगम पुन, निरज रजौरे, नारायण नेपाल, सन्चिता पाठक, आयुश लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यस अकंमा तुलसीपुर निवासि शंकर भुषालको समेत छोटो भुमिका रहेको छ ।समसामयिक तथा जल्दोबल्दो कथाबस्तुमा निर्माण हुने यस टेलिश्रृखंला प्रत्येक साताको बुधबार प्रशारण हुदै आईरहेको छ ।

भिडियो हेर्नुहोस । 

https://www.youtube.com/watch?v=r0ocpfSSGpg

 

प्रतिक्रिया दिनुहोस