UPDATE जुवाको खालबाट वडा अध्यक्ष सहित ९ जना पक्राउ

तुलसीपुर,२६ असोज ।
गएराति पश्चिम दाङमा जुवाको खालबाट वडा अध्यक्ष सहित ९ जना पक्राउ परेका छन् । दाङको शान्तीनगर गाउँपालिका वडा नं २ का वडा अध्यक्ष फर्साराम डागी, वडा सदस्य रत्नबहादुर विष्ट, गोविन्द बस्नेत, मिन बहादुर खड्का, विर बहादुर विष्ट, राम चौधरी,रत्न बहादुर विष्ट, कर्ण बहादुर परियार र डिल्ली बहादुर वली रहेको प्रहरीले जनाएको छ ।  उनिहरुको साथबाट १६ वटा कौडा र ४१ हजार २ सय ७० रुपैया बरामद गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि राजेन्द्र प्रसाद अर्यालले जानकारी दिनुभएको छ । पक्राउ परेका लाई जुवा ऐन अनुसार कारवाही गरीने प्रहरीले जनाएको छ । शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिङ डाँगीको घरमा जुवा खेलीरहेको भन्ने गोप्य सूचनाका आधारमा तुलसीपुरबाट गएको प्रहरी टोलीले उनिहरुलाई रङ्गेहात पक्राउ गरेको हो । प्रहरीले करिब ११ बजे राती घरमा छापामारेको थियो ।

 

 

प्रकाशित मिति : २०७४ असोज २६ गते बिहिवार
प्रतिक्रिया