सिप्रदी टेड्रिङले बिक्रीमा ल्यायो योद्धा गाडि

तुलसीपुर, २५ असोज ।
सिप्रदी टेड्रिङले बजारमा नयाँ मोडेलका योद्धा गाडि विक्रीएमा ल्याएको जनाएको छ । तुलसीपुर उद्योगबाणीज्य संघमा एक कार्यक्रमको आयोजना गरेर नेपालको भौगोलिक वनावटलाई मध्यनजर गरि योद्धा गाडि बजारमा विक्रीमा ल्याएको सप्रदीका सेल्स अफिसर कमल पाख्रेलले बताउनु भयो ।
उच्च भारवहन क्षमता, कच्चि बाटोका लागि उपयुक्त, आरामदायीसीट, शक्तिशाली इन्जिन, न्युन मर्मत खर्च, उकालो तथा चढाईका लागि उपयुक्त भएको कम्पनीले दावी गरेको छ । कम्पनीले २० मुल्य पर्ने उक्त गाडिलाई खरिद गर्नेलाई आइफोन सेभेन, सोनिको स्मार्ट टिभी र दुवै वा बैङकक घुम्नका लागि रोजेर स्कीमको व्यवस्था समेत गरेको छ । सोअवसरमा व्यवसायीहरुले योद्धा गाडिको पाटपुर्जा बजारमा नपाइने र पाइए पनि महङ्गो हुने भन्दै तयसको सजता गरिदिनुपर्ने बताएका थिए ।


तुलसीपुर उद्योगबाणीज्य संघका अध्यक्ष विरु रावतको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तनमा अध्यक्ष बिमल रिजाल, बरिष्ट उपाध्यक्ष रामप्रसाद चालीसे, महासचिव रुपबहादुर खत्री, राप्ती अंचल साना मालवहाक यातायात व्यवसायी समितिका अध्यक्ष भुवन भुसाल, अटोमेकानीक व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष यमप्रसाद भुसाल , व्यपारी शेवकराम भण्डारी, यातायात व्यवसायी ललितजंग शाह, लगाएतले आ–आफना धाराना राख्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ असोज २५ गते बुधवार
प्रतिक्रिया