कर्तब्य ज्यान मुद्धाका फरार अपराधि पक्राउ

तुलसीपुर,२५ असोज ।
दाङ प्रहरीले कर्तब्य ज्यान मुद्धाका फरार अपराधिलाई पक्राउ गरेको छ । केशवराम यादवको जाहेरीका आधारमा फरार रहदै आएका प्रतिवादी अम्मर बहादुर यादव भएको कर्तव्य ज्यान मुद्धामा पक्राउ गरीएको निमित्त प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताउनु भयो ।

यादवलाई २०६६ जेठ २५ गते दाङ देउखुरी जिल्ला अदालत घोराही दाङको फैसलाले ५ बर्ष कैद तोकिएपनि यादव फरार रहदै आएका थिए ।

राजपुर गाउपालिका वडा नं ४ फोहोरा बस्ने बर्ष ६३ को यादवलाई कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा घर नजिकै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरीएको र अदालतवाट तोकिएको ५ वर्ष कैद असुल उपरको लागि दाङ देउखुरी जिल्ला अदालत दाङमा पठाईएको तिवारीले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २०७४ असोज २५ गते बुधवार
प्रतिक्रिया