सवारी दुर्घटना हुँदा दाङमा एक जनाको ज्यान गयो

असोज २४, २०७४  |  १३१० पटक पढिएको

प्रियास्मृती गजमेर,लमही २४ असोज ।
सवारी दुर्घटना हुँदा दाङमा एक जना को ज्यान गएको छ । लमहि नगरपालिका वडा नम्बर ८ सताबरीयामा गए राती दुर्घटना हुँदा बर्दिया राजापुर १० का ३६ बर्षिय राम कृश्ण चौधरीको ज्यान गएको प्रहरिले बताएको छ । दुर्घटनामा परी अरु १४ जना गम्भिर घाइते भएका छन ।

बर्दिया देखी काठमाण्डौ जादै गरेको ना ४ ख ७४५९ नम्बरको यात्रु बाहक बस र पुर्ब बाट पश्चिम तर्फ जादै गरेको लु २ ख २६५ नम्बर ट्रक एक आपसमा ठोकिदा दुर्घटना भएको हो । घाइते ११ जनालाई सामान्य उपचार पछी नेपालगन्ज रिफर गरेको सतबारीया प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक बालाराम नेपालीले जानकारी दिनु भएको छ ।

यस्तै रा १ त १२५६ नम्बरको टेक्टर तुलसीपुर ८ चमीखोला नजिक दुर्घटना भएको छ । टेक्टर अनियन्त्रीत भई दुर्घटना हुदा चालक घाईते भएको ईप्रका तुलसीपुरले जनाएको छ ।

File Photo

प्रतिक्रिया दिनुहोस