कानुनले पाखा लगाएका, कांग्रेसबाट किनभए सिफारिस ?

असोज २३, २०७४  |  ६९९ पटक पढिएको

तुलसीपुर, २३ असोज
कानुनले पाखा लगाएका व्यक्तिलाई नेपाली कांग्रेस दाङले उम्मेदवारका लागि सिफारिस गरेको छ । मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कांग्रेस दाङले क्षेत्र नं १ बाट उउम्मेदवारका लागि खुमबहादुर खड्कालाई सिफारिस गरेको हो । भ्रष्टाचार, फौजदारी मुद्या लगाएतका कसुरमा दोषी ठहर व्यक्तिले निर्वाचनमा उम्मेवार बन्न नपाउने गरी कानुन बनेको छ । खड्कालाई सर्वोच्च अदालतले ३० साउन २०५९ मा भ्रष्टाचारी ठहर गर्दै डेढ बर्ष कैद र ९४ लाख ७४ हजार एक सय २२ रुपैयाँ बिगो र त्यतिनै जरिवाना गर्ने फैसला सुनाएको थियो । राजनीतिक दलसम्बन्धि विद्ययक र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन विद्ययकसम्मले काँग्रेसका नेता खुमबहादुर खड्कालाई उम्मेदवार बन्न नपाउनेगरी राजनितिक भविष्य समाप्त पारिदिएको छ ।
यता नेपाली कांग्रेस दाङले कानुनमा सिफारिस गर्न नपाइने कुरा कतै उल्लेख नभएकाले उम्मेदवारका लागि सिफारिस गरेको बताएको छ । खुमबहादुर खड्का अहिले पनि नेपाली कांग्रेसका केन्द्रिय सदस्य भएकाले नेता र कार्यर्ताको माग अनुसार सिफारिस गरिएको सचिव शंकर डाँगीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस