निर्बाचन कार्यालय संघ र प्रदेश चुनाबको तयारीमा

घोराही, २३ असोज ।
जिल्ला निर्बाचन कार्यालय दाङ संघ र प्रदेशको चुनाबको तयारीमा लागेको छ । निर्बाचनका लागि प्रमुख निर्बाचन अधिकृत र निर्बाचन अधिकृत तोकिए संगै जिल्ला निर्बाचन कार्यालयले पनि निर्बाचनको तयारी थालेको हो । दाङमा प्रदेश र संघको निर्बाचनको लागि निर्बाचन अधिकृतको कार्यालय कार्तिक ९ गते स्थापना गरिने जिल्ला निर्बाचन अधिकारी बिजय कुमार कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उम्मेदवारी दर्ता कार्तिक १६ गते हुने भएको छ । निर्बाचन आयोगले संघ र प्रदेशको निर्बाचनको लागि मंसिर १० र २१ गतेको मिति तोकेको छ । निर्बाचन कार्यालयले १९ गते चुनाब चिन्ह प्रदान गर्ने जनाएको छ । निर्बाचनमा जिल्लाका ३ लाख ३८ हजार ९ सय १४ जना मतदाताले मतदान गर्ने भएका छन् ।

प्रकाशित मिति : २०७४ असोज २३ गते सोमवार
प्रतिक्रिया