कृषकहरु गुणस्तरहीन आलुको बीउ रोप्न बाध्य

असोज २३, २०७४  |  ०० पटक पढिएको

विमला घर्ति,घोराही २३ असोज ।

घोराहीको तरकारी बजार केन्द्र आज भोलि रोप्नका लागि राखिएका आलुको बीउले भरिभराउ छ । ती आलुका बीउहरु एक महिना अगाडि भारतबाट ल्याएको व्यापारीहरु बताउँछन् । गाउँगाउँबाट आएका कृषकहरुले ती आलुका बीउहरु ८० देखि १ सय रुपैया प्रतिलम्बरसम्म किनेर लैजाने गरेका छन् । कुहिएर डुङडुङ्ती गन्हाउने भइसकेका गुणस्तरहीन आलुका बीउ किनेर लैजान कृषकहरु बाध्य छन् ।

जसबाट सोचे अनुरुपको उत्पादन नहुने बताउँदै कृषकहरु अन्य स्थानमा आलुको बीउ नपाइने हुँदा गुणस्तरहीन आलुको बीउ किन्न बाध्य भएको बताएका छन् । यता कृषि उपज बजार केन्द्र घोराहीका अध्यक्ष गुलाम रसुलले प्रतिदिन २ गाडी आलु्को बीउ भारतबाट आउने गरेको बताउनुहुन्छ । भदौको १५ गतेदेखि पुसको महिनासम्म रोप्न मिल्ने बीउ आफूह्रुले ल्याउने गरेको उहाँको भनाई छ ।

पछिल्लो समय भारतबाट गुणस्तरहनि आलुको बीउ भित्रिने हुँदा कृषकहरु मर्कामा परिरहेका छन् । खानका लागि प्रयोग गरिने र बिक्रि नभएर बचेका आलुहरु बीउका नाममा नेपाल पठाइने हुँदा उत्पादनमा ह्रास आइरहेको सरोकारवालाहरुले बताएका छन् । जिल्लामा मै आलुको बीउ उत्पादन गरी उत्पादनमा बृद्धि गरी आलुमा आत्मनिर्भर बनाउने विषयमा सोच्न आवश्यक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस