भानु र पारस प्रहरीको कब्जामा

तुलसीपुर २१ असोज
ज्यान मार्ने उद्योगमा तुलसीपुरमा २ जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उप महानगरपालिका ११निवासी २७ बर्षका भानु बस्नेत र २९ बर्षका पारस हमाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिनुभयो । गत भदौ २१ गते सोही ठाउँको बेलगनार निवासी सुशिल चौंधरी र गणेस कार्कीलाई सुकौरा चोकमा खुकुरी प्रहार गरि गम्भिर घाइते बनाएका थिए । प्रहरीले गोप्य सूचनाका आधारमा तुलसीपुर बजारबाट पक्राउ गरेको हो । पक्राउ परेका आरोपीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखीको छ ।

प्रकाशित मिति : २०७४ असोज २१ गते शनिवार
प्रतिक्रिया