चुनाव लड्न राजदूतबाट राजीनामा

काठमाडौं : भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले राजीनामा पत्र सरकार समक्ष बुझाएका छन् । परराष्ट्रमन्त्री कृष्णबहादुर महरा मार्फत् राजदूत उपाध्यायले शुक्रबार दिउँसो  राजीनामापत्र बुझाएका हुन् ।

उपाध्यायले दुई पटक गरी भारतका लागि नेपाली राजदूत भएर काम गरिसेका छन् । उपाध्याय प्रतिनिधि सभाको चुनावमा कपिलवस्तुबाट चुनाव लड्ने तयारीमा छन् । उपाध्यायलाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राजदूतले सरकारलाई असहयोग गरेको भन्दै फिर्ता बोलाएको थियो ।

प्रकाशित मिति : २०७४ असोज २० गते शुक्रवार
प्रतिक्रिया