दुई महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन

यमकला भुषाल,तुलसीपुर १९ असोज । 

आन्तरिक राजश्व कार्यालय राप्तीले चालु आर्थिक २०७४÷०७५ को पहिलो दुई महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक बर्षको साउन र भदौ महिनामा २७ करोड ७१ लाख २४ हजार रुपैंया राजश्व सकंलन भएको तुलसीपुरस्थित आन्तरिक राजश्व कार्यालय राप्तीले जनाएको छ ।
कार्यालयका कर अधिकृत उदयराम केसीका अनुसार यो अवधीमा २२ करोड ३५ लाख १७ हजार रुपैंया राजश्व संकलन गर्ने लक्ष्य थियो ।

२७ करोड ७१ लाख २४ हजार रुपैंया संकलन भएपछी लक्ष्य भन्दा ५ करोड ३६ लाख रुपैंया बढी राजश्व संकलन भएको छ । गत आर्थिक बर्ष ०७३÷०७४ मा १ अर्ब १८ करोड ४१ लाख ७ हजार रुपैंया राजश्व सकंलन गरेको कार्यालयले चालु आर्थिक बर्षमा १ अर्व ४३ करोड २७ लाख २ हजार राजश्व सकंलन गर्ने लक्ष्य लिएको छ ।

पछिल्लो समयमा करदाताहरुको सङ्ख्या वृद्धि बृद्धी भएकाले राजश्व संकलनमा पनि वृद्धी हुने अनुमान गरिएको छ । कर तिर्न अटेरी गर्नेलाइ कार्वाह्ी स्वरुप जरिवाना र कर तिर्नेलाइ प्रोत्साहन गर्ने गरेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७४ असोज १९ गते बिहिवार
प्रतिक्रिया