प्रदेशसभाका लागी एमाले रोल्पाद्धारा उम्मेदवार चयन

असोज १८, २०७४  |  १५० पटक पढिएको

रोल्पा,१८ असोज ।

आगामी मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निवार्चनका लागि नेकपा एमाले रोल्पाले उम्मेदवार टुङगो लगाएको छ । सोमबार र मंगलबार बसेको नेकपा एमाले निवार्चन क्षेत्र स्तरिय बैठकले निर्बिरोध रुपमा प्रदेशसभाका लागि उम्मेदवार चयन गरेको एमाले जिल्ला कमिटि सदस्य प्रेम घर्तीले जानकारी दिनुभयो ।

१ नं. निवार्चन क्षेत्रबाट प्रर्सुराम घर्ती र २ नं. निवार्चन क्षेत्रबाट हरिप्रसाद घर्तीलाई चुनाबी मैदानमा उतारेको नेकपा एमाले रोल्पाले बताएको छ । प्रतिनिधिसभा र समानुपातिक तर्फको भने आज बस्ने जिल्ला कमिटि बैँठकले टुङगाउने एमाले रोल्पाका प्रचार बिभाग सदस्य जीवन डाँगीले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका लागि नेकपा एमाले पोलिटब्युरो सदस्य गोकुलप्रसाद घर्तीको चर्चा रहेको एमाले श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस