वाढी पिडितलाई राप्ती समाजको खस्सी राहात

असोज १३, २०७४  |  १०४ पटक पढिएको

 

देविराम कुसारि ,फुलवारि १३ असोज । राप्ती समाज काठमाण्डौले दाङ फुलवारिका वाढिपिडितलाई आज एक कार्यक्रमका विच दशैंको अवसरमा खस्सि राहात वितरण गरेको छ । समाजका महासचिव प्रवपन रेग्मी र सहकोषाध्यक्ष गोविन्द मधुर आचार्यको नेतृत्वको टोलिले फुलवारि पुगेरै खस्सि राहात प्रदान गरेको हो । केन्द्रीय स्तरमा समाजका अध्यक्ष शशी शर्मा मजगैंया र स्थानिय स्तरमा पत्रकार देविराम कुसारिको संयोजनमा करिव १३ हजार ५ सयको खस्सि राहात वितरण गरएको हो ।

राप्तिमा वाढि पिडित भएको समय वा कुनै पनि विपतिका वेला सहयोग गर्दै आएको समाजले थोरै भए पनि चाड मान्न सजिलो होस् र भावनाको विकास होस भन्ने उदेश्यका साथ खस्सि राहात दिएको समाजका महासचिव प्रविन रेग्मिले जानकारि गराउनु भएको थियो ।
कार्यक्रममा समाजका सहकोषाध्यक्ष गोविन्द मधुर आचार्यले राहात स्वरुप उपलब्ध गराएको खस्सिलाई प्रभावकारि तरिकाले प्रयोग गर्न आग्रह गर्नु भएको थियो ।

खस्सि बुझ्दै फुलवारिका बाढि पिडित संयोजक टंकराज पौडेलले राहातको उदेश्य अनुसार नै वितरण गर्ने आश्वासन दिनु भएको थियो । यश पटकको यो राहात गधनिया, अम्वापुर, दमार गाउँ, बखरिया र ढकनाकालाई भएको र अर्काे पटक वाकिलाई सहयोग गर्ने योजना पनि रहेको सहकोषाध्यक्ष आचार्यले जानकारि दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस