दाङमा पनी छक्का पन्जा २ को व्यापार आक्रामक

असोज १२, २०७४  |  ३३२ पटक पढिएको

शिव पुन, तुलसीपुर १२ असोज । फुलपातीको दिन अर्थात असोज ११ बाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा (२ू ले आक्रामक रुपमा आफ्नो व्यापार ओपनिङ गरेको छ । अल नेपाल एक सय भन्दा बढी हलहरुबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा २’ ले हिजो देशभर हाउसफुलको ब्यापार गरेको छ भने आजको बिहानी शो पनि हाउसफुल भएको छ । यता दाङका ५ वटा सिनेमा हलबाट एकसाथ प्रदर्शनमा आएको फिल्मले पहिलो दिन उत्साहजनक व्यापार गरेको छ ।

फिल्म ू छक्का पन्जा(२ू ले दाङमा पहिलो दिन करिब १ लाख ५५ हजार बराबरको कलेक्सन गरेको जानकारी हल सन्चालकले दिएका छन् भने देशभर बाट पहिलो दिन फिल्मले राजधानीबाट करिब १करोड र मोफसलबाट करिब ७० लाख गरि जम्मा १ करोड ७० लाख ग्रसको कलेक्सन गरेको फिल्मका कार्यकारी निर्माता विकासराज आचार्यले जानकारी गराएका छन् ।राजधानीमा २६ शो सम्मको मल्टिप्लेक्स हल पाउनु अनि मोफसलमा सिंगल रिलिज हुनुका साथै छक्का पन्जा नेपाली सिनेमा उद्योगको एउटा ब्रान्ड बनिसकेको कारण फिल्मले पहिलो दिनमा नै यति ठुलो रकम कलेक्सन गरेको हो ।

दाङमा फिल्म हेरेका सबै दर्शकले फिल्म राम्रो भएको प्रतिक्रिया दिएपनी छक्का पन्जाको पहिलो सिरिज जस्तो उत्कृष्ट चाहिँ नभएको बताए ।अहिलेका युवाहरुमा देखिएको विदेश जाने सपना अनि त्यो सपनालाई पूरा गर्न जस्तोसुकै बाटो अपनाउदा पछि आइपर्ने विभिन्न समस्या फिल्मको मुल कथा हो । दिपाश्री निरौला निर्देशित फिल्मका अधिकांस कलाकारको अभिनयले दर्शकको मन जितेको छ तर विशेष गरि माग्ने बुढा उफ केदार घिमिरे को अभिनयलाई चाहिँ दर्शकले धेरै रुचाएका छन् ।

हिजो निर्देशक दिपाश्री निरौला, नायिका प्रियंका कार्की, नायक आयुष्मान देशराज, स्वरुप पुरुष ढकाल, कलाकारहरु जितु नेपाल, केदार घिमिरे, निर्माता विकास आचार्य लगायत ‘छक्का पञ्जा २’ को टोली चावाहिलको गोपिकृष्ण हलको बिहानी शोमा पुगेका थिए भने दिउँसो शोमा राजधानीका अन्य हलमा पुगेका थिए । उनीहरुले दर्शकसँगै बसेर फिल्म हेरे अनि प्रतिक्रिया लिए । आज पनि राजधानीका दर्शकमाझ पुगेको ूछक्का पन्जा (२ू टिम दशै लगत्तै मोफसलका दर्शकसंगै बसेर फिल्म हेर्दै दर्शकको प्रतिक्रिया लिन मोफसलका विभिन्न शहरमा पुग्ने निर्देशक दीपाश्री निरौलाले जानकारी दिएकि छिन् ।

चलचित्र ‘छक्का पन्जा २’ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल,स्वस्तिमा खड्का ,स्वरूप पुरुष ढकाल,शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत,स्वस्तिमा खड्का लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक(दीपाको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा मा जीतु नेपाल, माग्ने बुढो डट कम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ ।विकासराज आचार्य फिल्मका कार्यकारी निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस