नेइमारको एक दिनको कमाई कती ?

१० – असोज । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सुपरस्टार नेइमार विश्वका महंगा खेलाडी हुन् । उनी यहि सिजन विश्व कीर्तिमानी मूल्यमा स्पेनिस जाइन्ट बार्सिलोनाबाट लिग वान क्लब पिएसजी गएका हुन् ।

महंगा खेलाडी नेइमारको आम्दानी धेरै हुने पक्का छ । उनले कति कमाउँछन् भन्ने चाहिँ स्पष्ट खुलेको थिएन । तर फुटबल लिक्स र डेर स्पिगलले स्पेनिस पत्रिका मार्का मार्फत सार्वजनिक गरेको प्रतिवेदन अनुसार पिएसजीमा नेइमारको आम्दानी महिनाको ३० लाख ६९ हजार ५ सय २० युरो (३७ करोड ९३ लाख ४८हजार ९८ रुपैयाँ) रहेको दाबी गरिएको छ ।

यसको अर्थ नेइमारले एक घण्टामा चार हजार युरो (४ लाख ९४ हजार ३ सय ४१ रुपैयाँ) तथा एक दिनको एक लाख युरो (१ करोड २३ लाख ५८ हजार ५ सय ४७ रुपैयाँ) कमाउँछन् ।।

प्रकाशित मिति : २०७४ असोज १० गते मङ्गलवार
प्रतिक्रिया