अवैधानिक ढंगले समिति गठन गरेको भन्दै राजीनामा

असोज ०९, २०७४  |  १७३ पटक पढिएको

तुलसीपुर,९ असोज । राप्ती अटो इन्जिनिरिङ एसोसिएसन अवैधानिक ढंगले समिति गठन गरेको भन्दै उपाध्यक्ष सहित चार जनाले राजीनामा दिएका छन् । समितिको १८ औ साधारण सभा एवम ९औ अधिवेशनमा निर्वाचन समितिका संयोजक यमप्रसाद भुसालको संयोजकत्वमा निर्वाचन आचार संहित विपरित अध्यक्ष भएको भन्दै राजीनामा दिएका हुन् ।

तुलसीपुर क्षेत्रका अटो व्यवसायी उपाध्यक्ष डिल्लीबहादुर डाँगी, कोषाध्यक्ष दिलीप शर्मा, सदस्यहरु टेकबहादुर कामी र देवीलाल बुढाले राजीनामा दिएका छन् । साथै विज्ञप्तिमा अटो व्यवसायीहरुको हक हितको लागि स्थापना गरिएको संस्थामा पदीय दुरुपयोग गर्दै अघि बढेकाले समितिले् गरेका कुनै पनि निर्णय मान्य नहुने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस