सल्यानमा मेयर कप भलिबल प्रतियोगिता शुरु

 

बुद्धि पुन, सल्यान ४ असोज । प्रथम शानपा मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिता मंगलबार देखी सल्यानको खलंगामा शुरु भएको छ । गोलो यूवा क्लबको आयोजनामा सो प्रतियोगिता शुरु भएको हो । मंगलबार देखी शुरु भएको प्रतियोगिता बिहीबार सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

भलिबल प्रतियोगितामा ९ वटा टिम सहभागि रहेका छन् । क्लबमा अध्यक्ष उदय हमालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले खेलखेल्नु स्वास्थ्यका लागी फाईदा हुने बताउनु भयो । ‘एकातीर खेल खेल्नु स्वास्थ्यका लागी फाईदा छ,’ उहाँले भन्नु भयो ‘अर्कोतीर राम्रो खेलाडी बन्न सके सबैको गौरबको कुरा हुन्छ ।’

उहाँले जिल्लामा खेलप्रेमी र खेलाडीहरु धेरै रहेको चर्चा गर्दै अबका दिनमा खेलक्षेत्रको बिकास गर्नु आश्यक भएको बताउनु भयो । प्रमुख अधिकारीले खेलाडी र खेल क्षेत्रको बिकासको लागी आफु सधैँ तत्पर रहेको पनि बताउनु भयो । खुल्ला भबिल प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार नगद पाउने क्लबका अध्यक्ष हमालले जानकारी दिनु भयो ।

उहाँले प्रथम हुने टिमले नगद सहित कप, मेडल र प्रमाण पत्र पाउने बताउनु भयो । यस्तै द्धितिय हुनेले ३५ हजार नगद सहित मेडल र प्रमाण पत्र तथा तृतिय हुने टिमले २० हजार नगद सहित मेडल र प्रमाण पत्र पाउने उहाँले बताउनु भयो । शारदा नगरपालिकाको आर्थिक सहयोगमा सो प्रतियोगिता शुरु भएको हो ।

प्रकाशित मिति : २०७४ असोज ४ गते बुधवार
प्रतिक्रिया