घोराही,३ असोज । नेपाल शिक्षक महासंघ दाङको प्रथम अधिबेशन आज घोराहीमा सम्पन्न भएको छ । महासंघ दाङका अध्यक्ष अमरबहादुर खड्काको अध्यक्षता तथा सांसद राजु खनालको प्रमूख आतिथ्यमा भएको अधिबेशनको उद्घाट शत्रमा बोल्ने बक्ताहरुले शिक्षाको गुणस्तर वृद्धीका लागि र शिक्षकका पेशागत हितका लागि शसक्तरुपले आवाज उठाउनु पर्ने बताएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिती दाङका संयोजक जितेन्द्रमान नेपाली, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, नेपाली काग्रेस दाङका सचिब शंकरप्रसाद डाँगी, एमाले दाङका अध्यक्ष टिकाराम खड्का लगाएतले आआफ्नो धारणा राख्नु भएको थियो । अधिबेसनले अमरबहादुर खड्काकै अध्यक्षतामा नयाँ कार्यसमिती पनि चयन गरेको छ ।
जसको उपाध्यक्षमा उद्धब न्यौपाने, सचिबमा भागवत पौडेल लगाएतका रहनु भएको छ । त्यसैगरी नेपाल शिक्षक महासंघको परिवर्तित संरचना अनुसार आजै दाङ जिल्लाका १० स्थानिय तहमा नेपाल शिक्षक महासंघ गठन गरिएको छ । आज गठन भएको महासंघको अध्यक्षमा घोराही उपमहानगरपालिकामा निशान्त आचार्य, तुलसीपुर उपमहानगरपालिकामा ढकबहादुर वली लगाएतका रहनु भएको छ ।