सिद्धेश्वरी सहकारी सस्थाको १२औं साधारणसभ सम्पन्न

असोज ०१, २०७४  |  ९५ पटक पढिएको

तुलसीपु,१ असोज । तुलसीपुर ११ उरहरीमा रहेको सिद्धेश्वरी महिला बचत तथा ऋण सहकारी सस्थाको १२औं साधारणसभा आज त्यहा सम्पन्न भएको छ । संस्थाकि अध्यक्ष शुस्मा शाहको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालीकाकि उपमेयर माया आचार्यको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।

सभामा बोल्ने बक्ताहरुले संस्थाले महिलाहरुलाई एकिकृत गरी महिलाहरुको जिवनमा ल्याएको परीवर्तन तथा समाजमा गरेका कामको उच्च प्रसशां गरेका थिए । उनिहरुले भोलीको लागि सोच्नुपर्ने भएकोले सहकारीमा जोडिएर आत्मनिर्भर बन्न सकिनेमा जोड दिएका थिए । सो अवसरमा जिल्ला प्रहरी प्रमुख दुर्गा सिंह,महिला तथा बालबालिका कार्यालयका विष्णुमणि जोशि, महिला मानब अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालकि केन्द्रीय सचिब लक्ष्मी आचार्य,डिभिजन सहकारीका विनोद कुमार पौडेल,वडा नम्बर ११ का अध्यक्ष चित्र बहादुर वली,सानाकिसानका अध्यक्ष कान्तप्रसाद वली,ओरेककि तुलसा गिरी,शिक्षक निर्मल वली लगायतले बोलेका थिए ।

सभामा कोषाध्यक्ष निर्माला महतराले दुई करोड ७३ लाख बराबरको आर्थिक प्रतिवेदन र रमा लामिछानेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा वाढिपिडतहरुका लागि १० हजार १ सय रुपैयाको चेक उपमेयर आचार्य लाई प्रदान गरीएको थियो । यस्तै अमर माध्यमिक विद्यालयबाट एसईईमा छात्रा तर्फ उत्कृष्ट तिन जना विद्यार्थिहरुलाई दुई/दुई हजार रुपैया सहित प्रमाण पत्रले सम्मान गरीएको थियो ।

यस्तै जेष्ठ सेयर सदस्य ढाटी चौधरीलाई एक हजार रुपैया र प्रमाणपत्रले सम्मान गरीएको थियो । सावित्रा ढकालको स्वागत मन्तव्य बाट सुरु भएको सभाको सहजिकरण शुस्मा गिरीले गर्नुभएको थियो । संस्थामा अहिले ९ सय ५० जना शेयर सदस्य रहेका छन ।

प्रतिक्रिया दिनुहोस