नयाँ नोट आजदेखि साट्न पाईने

काठमाण्डौं,२८ भदौ । दशैंका लागि सर्वसाधारणले आजदेखि नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आफ्ना विभिन्न ८ कार्यालय र सरकारी बैंकका १६ शाखामार्फत नयाँ नोट साट्ने सुविधा दिने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताउनुभयो । एकजना व्यक्तिले २७ हजारसम्ममा नयाँ नोट पाउने व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो ।

यस वर्ष ५, १०, २० ५० र एकसय दरका नयाँ नोट उपलब्ध गराइने भएको छ । यो सुविधा असोज ७ गतेसम्म रहनेछ । यसैबीच दशैंलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि चौबिसै घण्टा खुल्ने भएको छ । अब घर जाने यात्रुको चाप बढ्ने भएकाले चौबिसै घण्टा यातायात संचालन हुने चितवन प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७४ भाद्र २८ गते बुधवार
प्रतिक्रिया