गाउँहरु सरसरफाई उन्मुख बन्दै

दाङ,२८भदौ  ।
साविक लोहार पानी, काँभ्रेका गाउँहरु सरसरफाई उन्मुख बन्दै गएका छन् । त्यस क्षेत्रका घरका भान्छा, घरवरपर, गोठ व्यस्थापन र वाटाहरु समेत सरसफाई उन्मुख बन्दै गएका हुन । त्यसैगरेर हातधुने वानीको समेत विकास भएको छ । विगत एक वर्षदेखि जन उत्थान समाज विकास केन्द दाङले विगत एक वर्षदेखि ति गाउँहरुमा पुर्ण सरसफाई कार्यक्रम चलाउँदै आएको छ ।

‘गाउँमा सरसफाईको चेतना विकास भएको छ ’ केन्द्रका कार्यकारी प्रमुख कुलबहादुर डाँगीले भने ‘ गाउँमा गल्ने र नगल्ने फोहरको व्यवस्थापन गर्ने गरेका छन ।’ त्यसैगरे विद्यालयमा पनि विद्यार्थीलाई सचेतना दिने गरेको छ । ‘सचेना सँगै विद्यार्थीले आफनो र विद्यालय परिसर सफा राख्ने गरेका छन’ प्रमुख डाँगीले भने ।

यसैविच सो क्षेत्रको सरसफाईको बारेमा जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समितिले मगलवार अनुगमन गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला सरसफाई स्वच्छता समितिका संयोजक जितेन्द्रमान नेपालीको नेतृत्वमा गएको टोलीले अनुगमन गरेको हो । मानीसको आनीवानीमा परिवर्तन गर्न सकेमा सरसफाई हुने प्रमुख नेपालीले वताए ।

उनले सरसफाइ गर्न सकेमा मानव सँगै सिगो समाज नै स्वस्थ हुने भन्दै चेतना फैलाउनु पर्ने वताए । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर पौडेलले गाउँहरु सरसफाई उन्मुख बन्दै गएको भन्दै थप जनचेतनाका कार्यक्रम लैजान सुझाव दिएका थिए । अनुगमनमा जन स्वास्थ्य कार्यालय र जिल्ला खानेपानी तथा सरसफाई कार्यालयका प्रतिनिधिको सहभागिता थियो । यसैविच बगलाचुली गाउँपालिका ५को वडा कार्यालयले जिल्ला समन्वय समितिका प्रमुख र उप्रमुखलाई स्वागत समेत गरेको थियो ।

वडा अध्यक्ष यनराज केसीको अध्यक्षता एवम जिल्ला समन्वय समितका प्रमुख नेपालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला समन्वय समितका उप्रमुख श्रीधर पौडेल र गाउँपालिका प्रमुख भक्तबहादुर ओलीले मनतव्य राखेका थिए । त्यसैगरेर सुधा मावि झेल्नेटाले पनि जिल्ला समन्वय समितिका प्रमुख र उप्रमुखलाई स्वागत गरेको थियो । त्यस अवसरमा विद्यालयका सहायक प्रधानाध्यापक बाबुराम पौडेलले विद्यालयको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २०७४ भाद्र २८ गते बुधवार
प्रतिक्रिया