अधिकार खोसिएको घोराही टेलीकमकोे गुनासो

भदौ २६, २०७४  |  ३६५ पटक पढिएको

ओपेन्द्र बस्नेत,तुलसीपुर २६ भदौ । अपरिपक्व निर्णयका कारण अधिकार खोसीएको घोराही दुरसंचार कार्यालयले गुनासो गरेको छ । हाल कायम रहेका केहि अधिकार कटौती हुने गरि घोराही दुरसञ्चार कार्यालय, तुलसीपुर दुरसंचार कार्यालयमा गाभिए (मर्ज) भएपछि कार्यालयको यस्तो प्रतिकृया आएको हो ।

कुनै अध्ययन नगरेर अधिकार कटौती हुने गरि टेलीकम गाभिए पछि जनताले आगामी दिनमा ठूलो दुःख पाउने घोराही टेलिकमले दाबी गरेको छ । नेपाल टेलिकम केन्द्रिय कार्यालयले साउन एक गतेदेखि कार्यान्वयन हुने गरि घोराहीलाई तुलसीपुर दुरसञ्चारमा गाभिएको पत्र पठाएको थियो ।

अधिकार कटौति भएपछि घोराही दुरसञ्चारले टावर मर्मत, नयाँ टेलिफोन लाइन जोड्न र राजव असुली जस्ता कामहरु गर्न नपाउने दुरसंचार कार्यालय घोराहीका प्रमुख तथा बरिष्ठ इन्जिनियर सन्तोश शर्माले बताउनुभयो । तुलसीपुर भन्दा घोराहीमा सरकारी कार्यालय तथा सेवा ग्राही दोब्बरले बढी भएको भन्दै उहाँले यहाँका राजनीतिक दल र सरोकारवाला निकायले चासो नदिए आगामी दिनमा सेवा ग्राहीले समस्या भोग्नु पर्ने शर्माले बताउनुभायो ।

दुरसञ्चार कार्यालय घोराहीले मासिक ८ करोड बढी राजश्व संकलन गर्दै आइरहेको छ । घोराही दुरसञ्चारले यस अघि प्युठान, नारायणपुर, घोराही, भालुबाङ र लमही लगाएतका स्थानहरु हेर्दै आइरहेको थियो । टेलीफोन जडान तथा मर्मत , धरौटी फीर्ता र राजश्व असुली जस्ता कामहरुको तुलसीपुरबाट स्वीकृत लिनुपर्ने भएकाले सेवाप्रवाहमा ढीलाई हुने कार्यालयले बताएको छ । कार्यालय मर्ज भएपछि सातौ तहको कार्यालय प्रमुख सहित २४ जना कर्मचारी रहेको घोराही दुरसञ्चारमा अहिले १४ जना मात्र कर्मचारी छन् ।

यता दुरसञ्चार कार्यालय तुलसीपुरले लेखा हेर्नेगरी सहयोग मात्रै भएको बताएको छ । रोल्पा, रुकुम, सल्यान, प्युठान र घोराही टेलिकमले, त्यहीबाट काम गर्छन, फाइनान्स सर्पोट मात्रै हामीले गर्ने हो’ दुरसञ्चार कार्यालय तुलसीपुरका प्रमुख बलराम जोशीले भन्नुभयो ।।

 

प्रतिक्रिया दिनुहोस