डेब्यु निर्देशित फिल्मबाटै झरना लाई सफलता

भदौ २४, २०७४  |  ८७० पटक पढिएको

शिव पुन,तुलसीपुर २४ भदौ । चलचित्र धर्म संकट बाट रजतपटको यात्रा आरम्भ गरेकी नायिका हुन् झरना थापा , करिब १५ वर्षको यो लामो यात्रामा उनले सयौं फिल्ममा काम गरिन र नेपाली सिनेमा उद्योगको लागि धेरै सफल फिल्म पनि दिइन। उनै कलाकार झरना थापाले निर्देशन गरेको फिल्म ए मेरो हजुर २ अहिले सफलता का साथ नेपालभर प्रदर्शन भैइरहेको छ ।

फिल्म ए मेरो हजुर २ झरनाको डेब्यु निर्देशित फिल्म हो । झरना निर्देशित पहिलो फिल्मले बकस अफिसमा गज्जबको कलेक्सन गरे संगै अब उनको नाम पनि सफल निर्देशकको सुचिमा सुचिकृत भएको छ । फिल्म हिजोबाट दोस्रो हप्ता प्रवेश गरेको छ र दोस्रो हप्ता प्रबेश संगै फिल्म ‘ए मेरो हजुर २’ को पहिलो एक हप्ताको कलेक्सन सार्वजनिक भएको छ ।

फिल्मले पहिलो एक हप्तामा ५ करोड ग्रस कलेक्सन गरेको छ । हिजोबाट दोस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको फिल्मको तीन दिने विकेन्ड कलेक्सन ३ करोड ४३ लाख ४१ हजार थियो । यस्तै, बाँकी चार दिनमा फिल्मले देशभरबाट कूल १ करोड ५९ लाख ४३ हजार कलेक्सन गर्‍यो।
दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको फिल्मले दोस्रो साता पनि राम्रो व्यापार गर्ने सम्भावना देखाएको छ ।

दोस्रो सातामा एकमात्र नेपाली फिल्म ू२ रुपैयाँ ू रिलिज हुँदा यसको फाइदा ूए मएरो हजुर (२ू लाई पनि पर्ने देखिन्छ ।दोस्रो सातामा फिल्मको ३० प्रतिशत मात्र शो कटौती भएका छन् । प्रदर्शनको तीन दिनमा नै लगानी सुरक्षित गरेको फिल्मले एकहप्तामा कूल ५ करोड २ लाख ८४ हजार ग्रस कलेक्सन गरेको वितरकले जानकारी दिएका छन् ।

काठमाडौंभित्र फिल्म वितरणको जिम्मा लिएका गोविन्द शाहीले ‘ए मेरो हजुर २’ को कलेक्सन यसवर्ष प्रदर्शनमा आएका फिल्महरुको भन्दा उच्च रहेको जानकारी दिएका छन् । उनले भने, ुप्रदर्शनको पहिलो दिनदेखि दोस्रो हप्ताको सुरुवातसम्म सबै हलमा दर्शक टनाटन छन् । दोस्रो सातापनि फिल्मको कलेक्सन सुखद हुनेमा हामी विश्वस्त छौ ।ु यस्तै, मोफसल वितरणको जिम्मा लिएका वितरक केदार पराजुलीले भने, ुकाठमाण्डौ बाहिरका सबै हलमा दोस्रो साताको पहिलो र दोस्रो दिनपनि दर्शक हाउसफूल छन् । प्रदर्शनको पहिलो साता त फिल्मले रेकर्ड ब्रेक कलेक्सन गर्‍यो ।ु

झरना थापा निर्देशित यो फिल्ममा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरुको अभिनय छ । फिल्म हेरेपछि दर्शकले यसको संगीत, कलाकारको अभिनय, पटकथा, संवाद र कमेडी पाटोलाई मन पराएका छन् । नायक सलोन बस्नेतको अभिनयलाई सबैभन्दा धेरै रुचाइएको छ ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सन्जय लामाले खिचेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस