भारतमा पत्रकार गौरी लंकेशको गोली हानी हत्या

‘मंगलबार साँझ गौरी जब आफ्नो घर फर्कदै थिइन्। त्यतीनै खेर उनीमाथि आक्रमण भयो। यो आक्रमण किन र कसले गर्‍यो भन्ने अझै पत्ता लागेको छैन’, बेंगलुरूका प्रहरी अधिकृत  सुनील कुमारले बिबिसीसँग भने,‘ गौरी जब राज राजेश्वरी नगरस्थित आफ्नो घरमा ढोका खोल्न लागेकी थिइन् त्यतीनै बेला उनीमाथि हमला भएको हो।’ प्रारम्भिक रिपोर्ट अनुसार मोटरसाइकलमा आएका तीन जनाले उनीमाथि आक्रमण गरेका थिए। कम्तिमा पनि  सात राउन्ड गोली हानिएको छ। त्यतिखेर उनी घरको मुल ढोका खोल्दै थिइन् ।

तीन गोली उनको टाउको, घाटी र छातीमा लागेको छ। ४ गोली भित्तामा लागे। प्रहरीले उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ। सधैजसो राति ढिलोगरी उनी घर फर्किन्थिन्। ८ बजेतिर उनको घरमा हामीले गोलीको आवाज सुन्यौं र दौडियौं। केही समय त हामीले के भयो अन्दाज पनि गर्न सकेनौं । पछि पो देख्यौं रगतको आहलमा गौरी छिन्,’ एक छिमेकीले बताए । ५५ वर्षीय गौरीका पिता पी लङ्केश एक पुरस्कार विजेता फिल्ममेकर थिए, उनले सन् १९८० मा लङ्केश पत्रिकाको प्रकाशन सुरू गरेका थिए।

गौरीको परिवारमा उनकी बहिनि कविता लङ्केश, भाई इन्द्रेश र आमा पनि राष्ट्रिय फिल्म पुरस्कारबाट पुरस्कृत भएका थिए। यसैबीच कर्नाटकका मुख्यमन्त्री सिद्धरमैयाले ट्वीटमार्फत पत्रकार गौरीको हत्याले आफू स्तब्ध भएको भन्दै यस्तो जघन्य हत्याको निन्दा गर्न आफूसँग कुनै शब्द नभएको बताएका छन्।

‘ यो लोकतन्त्रकै हत्या हो। गौरीको मृत्युले कर्नाटकको एक विकासशिल आवाजलाई मारेको छ। मैले एक मित्र गुमाएँ,’ उनले भनेका छन्। यस्तै गौरीको हत्याको विरोधमा विभिन्न आवाजहरू उठेका छन्।

प्रकाशित मिति : २०७४ भाद्र २१ गते बुधवार
प्रतिक्रिया