लोक संस्कृतिलाई जगेर्ना गर्नु पर्नेमा जोड

भदौ १७, २०७४  |  १८४ पटक पढिएको

तुलसीपुर, १७ भदौ । कलाकारिता मन्च दाङ नेपालको अध्यक्षमा पुन खिम बहादुर विक निर्विरोध चयन हुनु भएको छ । मन्चको आज तुलसीपुरमा सम्पन्न भएको प्रथम महाधिवेशनले पुन अध्यक्ष विकलाई चयन गरेको छ । जसको उपाध्यक्षमा तिलक हमाल,सचिवमा टिका सानु, कोषाध्यक्षमा विष्णु सुनार र सहसचिवमा चुडामणि शर्मा सर्वसम्मत चयन हुनु भएको छ ।

त्यस्तैगरी सदस्यहरुमा निर्मल शर्मा र सिता केसी रहनु भएको छ । मन्चको सल्लाहकारमा यमुना शाह,खुेमन्द्र पुन मगर र टिका खड्कालाई चयन गरीएको छ । मन्चका अध्यक्ष खिम विकको अध्यक्षतामा भएको कार्यक्रममा सांगठनिक प्रतिवेदन सचिव घनश्याम हलुवाई र १ लाख ७६ हजार ४ सय १५ वरावरको आर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मण विश्वकर्माले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा वोल्ने बक्ताहरुले पुरानो लोक संस्कृतिलाई जगेर्ना गर्नु पर्ने बताएका छन् । पुरानो लोक संस्कृति लोप हुदै गएको प्रति चिन्ता व्यक्त गदै उनीहरुले आधुनिकता संग संगै जोडेर लैजानुपर्ने कुरामा जोड दिएका थिए । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका महिला सन्जालका अध्यक्ष यमुना शाह,सदस्य मिना विक,टिका खड्का,धनकुमारी वुढा लगाएतले वोल्नु भएको थियो ।

मन्चका सहसचिव खुमा घर्तिको स्वागत मन्तव्य तथा विष्णु सुनारको स्वागत गितबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव टिका सानुले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस