सरसफाई अभियानको जिम्मा अव उपमहानगरलाई

साउन २५, २०७४  |  २५९ पटक पढिएको

प्रत्येक वडामा अभियान चलाउने नगर प्रमुख पाण्डेको भनाई

लक्ष्मण विश्वकर्मा,तुलसीपुर २५ साउन । तुलसीपुरमा जारी क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानको जिम्मा स्थानिय सरकार तुलसीपुर उपमहानगरपालिकालाई दिइएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको मुख्य आयोजना र तुलसीपुर उपमहानगरपालिकाको साझेदारी तथा विभिन्न दर्जनौ सामाजिक संघसंस्थाको सहकार्यमा गत भदौ महिना देखी निरन्तर रुपमा सन्चालन हुदै आएको छ ।

५० औ हप्ता पुरा गरी ५१ औ हप्तामा पुगेपछि बुधवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी उपमहानगरपालिकालाई हस्तान्तरण गरीएको छ । स्थानिय तहको निर्वाचन पछि जनप्रतिनिधि आईसकेको अवस्थामा तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गरीएको सरसफाई अभियानका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बिमल रिजालले बताउनु भएको छ ।

तत्कालिन अवस्थामा जनप्रतिनिधि नभएको अवस्थामा आफुहरुले जिम्मेवारी बहन गरेको भन्दै हाल स्थानिय तहलाई जिम्मेवारी सुम्पि दिएको सयोजक रिजालले बताउनु भएको छ । साथै उहाले यो महान् कार्यलाई अझ शसक्त र प्रभावकारी बनाउनका लागी आग्रह गदै सवैले सहयोग गर्न अनुरोध समेत गर्नु भएको थियो ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले तुलसीपुर नगरलाई स्वच्छ,सफा र हरियाली बनाउनका लागी प्रत्येक वडामा सरसफाई अभियान सन्चालन गर्ने बताउनु भएको छ । उहाले हाल सम्म उद्योग वाणिज्य संघले नेतृत्व गदै आएकोमा प्रसंशा गदै अवको जिम्मेवारी आफुले पुरा गर्ने बताउनु भएको छ ।

तुलसीपुर शहरलाई नेपालकै नमुना शहरको रुपमा चिनाउने भन्दै यसका लागी सवैको सहयोगको आबश्यक पर्ने उहाले बताउनु भएको थियो । त्यस्तैगरी कार्यक्रममा बोल्दै नेपालका चर्चित कलाकार सिताराम कट्टेल ध्रुमुसले ईच्छा शक्ति भए मात्र हरेक काममा सफलता मिल्ने बताउनु भएको छ ।

कार्यक्रममा अन्य कलाकार सुरविर पण्डित दारी बा,पल्पसा डङगोल चम्सुरी लगाएतले प्रस्तुती राख्नु भएको थियो । साथै कार्यक्रममा विभिन्न सामाजिक संघसंस्था तथा अभियन्ताहरुलाई अभियानमा सहयोग गरेको भन्दै सम्मान पत्र प्रदान गरीएको थियो ।

कार्यक्रम हुनु अघि तुलसीपुरको विपि चोक देखी उत्तर तर्फ विरेन्द्र चोक सम्म सरसफाई गरीएको थियो । कार्यक्रमको सहजीकरण संघका महासचिव रुप बहादुर खत्री र पत्रकार बसन्त विबश आचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस