गोलौरीमा बधाई तथा सम्मान कार्यक्रम

सन्तोष वली,तुलसीपुर १४ साउन । तुलसीपुर उपमहानगरपालीका १० गोलौरीमा रहेको श्रृजना महीला वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । उपमहानगरपालीकाका मेयर घनस्याम पाण्डे, उपमेयर माया आचार्य वडा नम्बर १० का वडा अध्यक्ष कुमार लामीछाने, सदस्यहरु रमा रसाइली , सेर बहादुर खड्का , प्रलाद साह , कृष्णी चौधरी लगाएत लाई खादा तथा अवीर लगाई बधाई तथा सम्मान गरीएको हो ।

सस्थाकी अध्यक्ष सुलोचना केसीको अध्यक्षता एंव मेयर पाण्डेको प्रमुख आथीत्यमा कार्यक्रम भएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि पाण्डेले सहकारीले आर्थीक समुन्नत मात्र नभै सुरक्षीत महीला सेफहाउस पनी सन्चालन गरेकोले सहकारीको प्रशसा गर्नु भएको थीयो । साथै उहाले सुरक्षीत महीला सेफहाउस लाइ टीकाइ राख्न सबैको ध्यान जानु पर्ने बताउनु भएको थीयो ।

कार्यक्रममा उपमेयर माया आचार्य , १० का वडा अध्यक्ष कुमार लामीछाने ,जग्गा दाता सम्भु साह, पत्रकार सन्तोष वली लगाएतकाले बोल्नुभएको थियो । सस्थाकी सदस्य डीला केसीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सस्थाकी सचीव रमा आचार्यले गर्नु भएको थीयो ।

प्रकाशित मिति : २०७४ साउन १४ गते शनिवार
प्रतिक्रिया