दङ्गाली चेली प्रियँका देशभरका सुन्दरीहरुसँग भिँड्दै

साउन ०९, २०७४  |  ३३९७ पटक पढिएको

काठमाण्डौ,९ साउन । रुपन्देहिको सैनामैनामा खूल्न लागेको किस एफएम ८९.३ मेगाहर्जले आयोजना गरेको प्रतियोगितामा दङाली चेली तीज फोटो प्रतियोगितामा देशभरका सुन्दरीहरुसँग भिँड्दैछिन् । घोराही उपमहानगरपालिका–१५ निवासी प्रियँका भुसाल उक्त प्रतियोगितामा भिड्दै छिन । प्रतियोगिता अन्तगर्त फेसबुकमा राखिएको फोटोमा जसको बढि शेयर, कमेन्ट, लाईक, मेन्शन आउँछ उसैले प्रतियोगिताका विभिन्न अवार्डहरु हात पार्नेछ । प्रियङ्काको प्रतियोगि नम्वर ४२३हो ।

१८ वर्षीया प्रियङ्का प्लसटू उर्तीण गरेर व्याचलरको तयारीमा छिन् । डान्स, अभिनयमा राम्रो दखल राख्ने प्रियङकाले धेरैपटक फोटोसूट समेत गरिसकेकि छन् । एफएमले तीजकै दिन भाद्र ८ गते प्रतियोगिहरु मध्यबाट छानेर बिजेताहरुको नाम घोषणा गर्ने र पुरस्कार वितरण गर्ने योजना समेत बनाएको छ ।

बिजेताहरुले विभिन्न किसिमका अफरहरु समेत पाउनेछन् । प्रेम भुसाल र इन्दिरा भुसालकी सुपुत्री प्रियङ्का यो प्रतियोगितालाई अत्यन्त महत्व दिएर यस विषयमा साथीभाई, इष्टमित्र, छरछिमेक, शुभेच्छुक सबैलाई फोटोमा लाइक, शेयर, मेन्शन गर्नका लागि आग्रह गरिरहेकी छन् । प्रतियोगितामा सहभागि भइसकेपछि नयाँ अनुभव बटुल्नुका साथै केही गर्छु भन्ने सोँच पलाएको बताउने प्रियङ्का भविष्यमा सफल मोडल बन्ने उद्देश्य लिएर अगाडि बढि रहेकी छन् ।

यहाँसम्म आइपुग्नुको पछाडी घरपरिवारको ठूलो हात रहेको बताउने प्रियङ्का घरपरिवारकै साथ सहयोगले आफू सफल हुने विश्वास राख्छिन् ।

 

प्रतिक्रिया दिनुहोस