कुनै पनि सम्वृदि तर्फ लम्की रहेको देशलाई हेर्ने हो भने त्यस देशको काम गर्ने शैलिलाई पहिलो प्राथमिकताका साथ हेरिन्छ । किन भने कुनै विकसित देशको अवस्थालाई नियाल्दा त्यस देशको काम गर्ने तरिका सबैलाई बुझ्न र काम गर्ने तरिका सिक्न मन लाग्ने स्वभाबिक हो ।

अहिले विश्वमा उत्कृष्ट देशहरु मध्ये अमेरीका,जापान र बेलायत जस्ता देशहरु आउछन् । ति देशहरु त्यतिकै भने सफलता भएको हौइनन् । हाम्रो देश नेपाल र विकसित देशलाई तुलना गर्ने हो भने हरेक काम गर्ने तरिका फरक छ । विकसित देशको काम गर्ने शैली उत्कृष्ट छ भने नेपालको काम गर्ने शैलिमा धेरै नै कमजोरीपना भएको पाईन्छ ।

विकसित देशका व्यक्तिहरु हरेक काममा सम्मान गर्दछन् । सबैले सबैको कामलाई सम्मान गरेको हुन्छन् र त ति देशहरु विकसित हुन पुगेका छन् । जव सम्म सकारात्मक सोच र हरेक व्यक्ति संग गर्ने व्यवहार विल्कुलै अनुशासित र नैतिक हुन सक्दैन । तब सम्म देशको प्रगति हुन सक्दैन ।

किन भने विकसित देश बन्नलाई हरेक व्यक्ति संग देश प्रेम को उर्जा हुन आवश्यक छ । तर हाम्रो देश नेपाल सम्भावना र अवसर हुदा हुदै पनि पछि परेको देश हो । नेपालमा सबै नेपाली को सकारात्मक सोच र कामको सम्मान गर्ने अथवा सबै व्यक्तिले सबैको काम गर्ने तहलाई सम्मान गर्न सिकेमा पक्कै पनि प्रत्येक व्यक्तिले आफुलाई खुसीका साथ काम गर्ने वातावरण सिर्जना हुन्छ र बिस्तारै देशले विकासको पाइला अगाडी बढाउन सक्छ ।

आज हजारौ नेपालीहरु देशमा काम गर्न लाज मान्नेहरु बिदेश गएर नेपालमा पाएको काम भन्दा झन कमसल काम गर्न गईरहेका छन् । तर त्यहि काम नेपालमा गरेको भए आज वृद्धाहरुको देश बन्ने थिएन । तर पनि बिदेशमा पढेको ज्ञान र सिप नेपालमा पर्याप्त मात्रामा सोचे जस्तो प्रयोग हुन सकेको छैन ।

त्यसैले नेपालका बिदेशमा बस्ने सबै नेपालीहरु केहि आपसमा मिलेर सबैले आफुले जानेको ज्ञान र सिप नेपालमा प्रयोग गरी सबैले सबै कामको सम्मान र नैतिक व्यवहार सृजना गर्न सकेमा मात्र नेपाल र नेपालीको प्रगती हुन सक्दछ । तर हामी नेपालीहरुको सोच अली नकारात्मक र सबै कामको महत्वको बारेमा अनविज्ञ छन् ।

एउटा व्यक्तिले अर्को व्यक्तिलाई हेर्ने हरेक दृष्टीकोण नकारात्मक, ईश्र्यालु, खट्टा तान्ने प्रविती मात्रै छ । कुनै पनि व्यक्तिले नेपालमा जुनसुकै कामबाट सन्तुष्टि र खुसी हुन सकेका छैनन् । किन भने यहा हरेक एक नेपालीले अर्को नेपालीलाई काम गर्ने तरिकामा फरक व्यवहार देखाउछन् । जस्तो उदाहरणको लागी एउटा तरकारी खेति गर्ने यूवाले पाउने खुसी र कुनै एउटा बैङ्कमा काम गर्ने व्यक्तिको खुसिमा फरक छ ।

किन भने तरकारी खेति गर्ने किसान र बैङ्कमा जागिर गर्ने व्यक्तिलाई हेर्ने नजर र व्यवहार फरक फरक हुन्छ । एउटा कुनै किसानले मैले कृषि क्षेत्र अंगाले पनि अथवा बैङ्कमा जागीर गरेपनि एउटै हो काम सानो ठुलो हुदैन भन्ने भावना अभाव छ । त्यसैले जब सम्म प्रत्येक नेपालीले जुन काम र पेशा अगांले पनि म कामले सानो ठुलो हुदैन भन्ने सोच आउदैन तब सम्म नेपाल र नेपालीको प्रगतिमा अवरोध सृर्जना हुन्छ अथवा कामको सम्मान बिना प्रत्येक नेपालीको बिकास हुन सक्दैन ।

हाम्रो देश नेपालीहरु बिकसित देशमा गरेको कामको अनुभव र बिकशित देशले कसलाई काम गर्ने तरिकामा कस्तो व्यवहार गर्दछन् भन्ने थाहा हुदा हुदै पनि अनविज्ञ भएको जस्तो गरिरहेका छन् यदि ति विकसित देशहरुमा भएको सबै कामको सम्मानलाई आत्मसाथ गरेर नेपालमा आए्र त्यहि विकसित देशमा देखेको काम प्रतिको सम्मान र व्यवहारलाई नेपालमा ल्याई सबै नेपालीहरुलाई साथमा लिएर अगाडी बढेमा काम प्रतिको सम्मान को विकाश हुने थियो ।

जसले गर्दा प्रत्येक नेपालीहरुमा मैले जुनसुकै काम गरेपनि मैले सबै बाट पाउने व्यवहार र सम्मान प्रेणा मुलक हुन्छ भन्ने सोचाइको विकास भई समग्र व्यक्ति र देशको विकास हुने वातावरण सृर्जना हुन्छ । अतः म प्रत्येक नेपालीहरुलाई यो भन्न चाहान्छुकी हामीहरुले जानेको सिप र ज्ञान नेपालमा प्रयोग गरी सबैलाई सबै कामको महत्व बारेमा जानकारी फैलाउदै सबै संग विकासको हातमा हात जोडी अगाडी बढ्नु पर्दछ ।

आजका हामी युवाहरुले सबै नेपालीहरुलाई खुसी का साथ नेपालमै क्षमता अनुसारको काम गर्ने वातावरणको सृर्जना गर्न सक्दैनौ र जुनसुकै काम गरेपनि काम सानो ठुलो हुदैन भन्ने भावनाको सृर्जना गर्नु पर्दछ र प्रत्येक नेपालीले प्रत्येक नेपालीको कामलाई सम्मान गर्न र अनुशासित व्यवहार गर्न सकियो भने मात्रै देशको विकास गर्ने यात्रा सकारात्मक तरिकाले सोचे अनुरुप अगाडी बढ्ने र सम्वृद्धिमा पुग्ने ढोका खुल्दछ ।

अनि मात्रै देशले प्रगती गर्न सक्छ र कुनै पनि देशको दबाबमा नेपालीहरु बाच्नु पर्दैन ।

फोटो डिजाईन : कमल नेपाली

प्रकाशित मिति : २०७४ असार ३० गते शुक्रवार
प्रतिक्रिया