छ राष्ट्रले गरे कतारसंग सम्बन्ध विच्छेद

जेठ २२, २०७४  |  ७९ पटक पढिएको

विविसी

आतंकवादलाई सघाइरहेको आरोप लगाउँदै साउदी अरेबिया, बहरेन, संयुक्त अरब एमिरेट्स, यमन, लिबिया र इजिप्टले कतारसँगका आफ्ना सबै कूटनीतिक सम्बन्धहरु अन्त्य भएको घोषणा गरेका छन्।

उनीहरुले कतारले इस्लामिक स्टेट लगायतका आतंकवादी समूहलाई सहयोग गरेको आरोप लगाएका छन्। साउदी सरकारी समाचार संस्था एसपीएले रियादले कतारसँगका आफ्ना सबै सीमा, सामुद्रिक र हवाइ सम्पर्क विच्छेद गरिएको जनाएको छ। सो संस्थाले अधिकारीहरुलाई उद्धृत गर्दै “राष्ट्रिय सुरक्षालाई अतिवाद र आतंकवादबाट बचाउन” पछिल्लो कदम चालिएको जनाएको छ।

कतार

प्रतिक्रिया दिनुहोस