तुलसीपुरको बाहिनीमा कार्यरत सैनिकमा देखियो कोरोना

  साउन १८, २०७७

तुलसीपुर, १८ साउन

Advertisement

दाङको तुलसीपुरमा रहेको नेपाली सेनाको १९ नम्बर बाहिनी अड्डामा कार्यरत एक सैनिक जवानमा कोरोना पोजेटिभ देखिएको छ ।

Advertisement

नेपालगंजमा गरिएको पिसीआर परीक्षणमा सैनिक जवानलाई कोरोना पोजेटिभ देखिएको हो । उनलाई उपचारका लागि दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा लगिएको कोरोना विशेष अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

Advertisement

यो संगै अहिले अस्पतालमा ८ जना उपचारत रहेका छन् । अस्पतालबाट अहिलेसम्म २ सय १७ जना कोरोना जितेर घर फर्किएको व्यवस्थापक वलीले बताए । व्यवस्थापक वलीका अनुसार कोरोना विशेष अस्पतालको एम्बुलेन्स मार्फत उनलाई अस्पताल लगिएको हो ।

 

प्रतिक्रिया दिनुहोस