मोटरसाईकलको ठक्करबाट रक्षाचौरमा बालक घाइते

  साउन १८, २०७७

तुलसीपुर, १८ साउन

Advertisement

मोटरसाईकलको ठक्करबाट दाङको तुलसीपुरमा एक बालक घाईते भएका छन् ।

Advertisement

घाइते हुनेमा तुलसीपुर उपमहागनरपालिका–४ रक्षाचौर निबासी महेन्द्र योगीका ४ बर्षका छोरा पंकज योगी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

Advertisement

गोठीखोलाबाट तुलसीपुर आउँदै गरेको रा५प २२४० नम्बरको मोटरसाईकलले ठक्कर दिएको प्रहरीले बताएको छ । ठक्कर दिने मोटरसाईकल भने फरार रहेको स्थानीयले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस