तुलसीपुरमा आमाले गरिन बालकलाई विष खुवाएर आत्महत्या

  साउन १८, २०७७

तुलसीपुर, १८ साउन

Advertisement

पाँच बर्षको छोरालाई सुर्य नामक किटनासक औषधी खुवाएर आफुले पनि सल्फास नामक किटनासक औंषधी खाएकी एक महिलाको मृत्यु भएको छ ।

Advertisement

दाङको तुलसीपुर उपमहागनरपालिका–१ पोखरी टोल निबासी ३० बर्षकी तिला श्रेष्ठको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पौने आठ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

Advertisement

बेहोस भएका बालक सन्देश श्रेष्ठको सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको अस्पतालले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस